About Me

My photo
jinagi kada ghari bich ko ful ho ... jo kada bich fuln saknu paarchha...

Friday, November 25, 2011

Dhunga By Meena Shrestha · Friday, January 1, 2010











जीवन कहिल्यै, फूल बन्न सकेन ।
बरु जीवन ढुङ्गो बन्यो, दोबाटोको पथ्थर बन्यो ।
ढुङ्गो कहिले, अरुलाई ठेस लाग्यो भनेर सरापाइहरु सहि रहयो ।
अनि कहिले, देवता भनि फुलै फुलले पुजि रहयो ।

Thursday, November 24, 2011

वर्तमान परिस्थितिमा युवा महिलाहरुको भूमिका – मिना श्रेष्ठ mबmष्लब)कतजब२थबजयय।अयm केन्द्रीय सदस्य प्ररायुसंघ, नेपाल posting by nagarik daily

आमुल सामाजिक परिवर्तनका लागि सशक्त युवा आन्दोलन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणका लागि सातौं राष्ट्रिय सम्मेलन भन्ने नाराका साथ यही पौष ११,१२,१३ गते लहानमा हुन लागिरहेको सातौं राष्ट्रिय सम्मेलनमा मुलुकभरिका नेकपा एमालेसँग सम्बद्ध युवा महिलाहरुको प्रतिनिधित्व हुँदैछ । महिलाहरु हरेक क्षेत्रमा ३३% प्रतिनिधित्व सहभागिताको कुरा उठीरहेका बेला प्रजातान्त्रिक राष्ट्रिय युवासंघ, नेपालको छैठौं राष्ट्रिय सम्मेलनबाट ३३% महिलाहरु केन्द्रीय कमिटीमा सहभागिता थियो । पार्टी र पार्टीका जनसंगठनमा पहिलो ३३ प्रतिशत लागु भएको थियो । ७५ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जना महिला सदस्यको सहभागिता थियो अब बन्ने केन्द्रीय कमिटीमा अझै सहभागिता बढ्ने सम्भावना रहेको छ । तीनवटा महत्वपूर्ण विभागहरु महिला कमरेडाहरुले सम्हाल्नु भएको थियो (एकजना पदाधिकारी ः उपाध्यक्ष सहित)।
महिलाले लिएको जिम्मेवारी सहजतापूर्वक सम्पन्न गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत भएको छ । तर पनि हामीकहाँ महिला नेतृत्वलाई मात्रै महिलाहरुको नेतृत्व भनेर हेर्ने संस्कृतिको जरो छँदैछ । एउटा महिलाले नेतामात्र महिलाहरुको नेता नभई सम्पूर्णै युवाहरुकै नेता हुनसक्दछन् भन्ने यथार्थलाई व्यवहारमा उतार्न सक्नुपर्दछ । 
प्ररायुसंघ नेपालले महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानमा आफ्नो झण्डामानै सेतो रिबन लगाएर संघले सामाजिक परिवर्तनको अगुवा दस्ता हुनाको नाताले संसारभर महिला माथि हुने गरेका हिंसालाई विचार, चिन्तन व्यवहारबाट १६ दिनका लागि मात्रै होइन ३६५ दिनकै लागि अन्त्य गर्ने सार्वजनिक रुपमा प्रतिबद्धता व्यक्त गरेको थियो तर युवासंघको नेतृत्वले त्यो प्रतिबद्धता आफ्नै कमिटीभित्र पनि पूरा गर्न सक्यो कि सकेन समिक्षा गर्ने बेला हो यो । अबको नेतृत्वले महिलामाथि हुने गरेका आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक सबैखाले हिंसाको अन्त्य गर्न लेखेर र साहित्यिक ढंगले फूलबुट्टा भरेर बोलीमा होइन व्यवहारमै प्रतिबद्ध हुनुपर्छ । झण्डा ब्यानर र आफूले लाएको पहिरनमा सेतो रिबन लगाइएको ३६५ दिन नपुग्ने प्रतिबद्धता होइन । अबको युवा संघले घरभित्रै हुने महिला माथिको घरेलु हिंसाको बिरुद्ध कामको बाँडफाँड बारे अन्तरक्रिया चलाउनुपर्दछ । दाइजोप्रथा विरुद्ध अभियान चलाउनुपर्दछ । बेचविखन विरुद्ध सुदुरपश्चिममा अझैपनि जरो रहेको छोइछितो र छाउपडी प्रथा विरुद्ध कार्यक्रम लिएर सुदुर पश्चिममै पुग्ने भन्दाभन्दै छैटौं राष्ट्रिय सम्मेलनबाट बनेको कमिटीको आयु सातौं सम्मेलनमा पुगेको छ । 
अबको युवा संघले महिला भएकै कारण महिलाले भोग्नु परेका हरेक समस्यामा पुग्नु पर्छ । महिला हिंसाबाट पीडित महिलाहरुको आवाज र सहारा बन्नु पर्छ । बालविवाह, बहुविवाह र जारी प्रथा विरुद्ध अभियान चलाइनु पर्छ । चालु रहेकै संविधान सभा महिलाका अधिकारका सबाल मा चलिरहेको बहसहरुलाई आम महिलाको अधिकारका सवालमा यो राष्ट्रिय सम्मेलनमा बहस चल्ने कि नचल्ने ? गणतान्त्रिक संविधान निर्माणको मूल नारा रहेपनि त्यसभित्रको गुदी कुरो अन्तरवस्तुको सवालमा समेत व्यापक बहस हुन जरुरी छ । 
अर्को तर्फ सबै क्षेत्रमा रहेका युवा महिला आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, अपाङ्ग, पिछडिएका सबै वर्गका महिलाहरुलाई समेट्ने पर्छ युवा महिलाहरुले पनि जोश जाँगर हिम्मतका साथ गाउँका झुप्राहरुदेखि सहरका पाँचतारेसम्म हुने कार्यक्रम र योजनाहरु बनाएर अघि बढ्नु पर्छ । तुफानी वेगका साथ लाखौं युवा, (पुरुष÷महिला) लाई परिवर्तनकामी अभियानमा सामेल गराउनुपर्छ । 
महिलामाथि संस्कृति र परम्पराका नाममा घरैभित्र हुने हिंसादेखि सार्वजनिक स्थलमा हुने होस् या कार्यस्थलमा हिंसा होस् यसलाई अपराधको दायराभित्र राख्न लाई अबको युवा महिलाहरुले आवाज उठाएर कार्यान्वयन प्रक्रियामा लैजान पर्छ । महिलालाई विचरा भनेर दया होइन महिला हक अधिकारको सम्मान चाहिएको छ । यसका लागि महिला आफूभित्र रहेको दास मनोवृत्ति र पितृसत्तात्मक सोचलाई उखेलेर फ्याक्नुपर्छ । जसको मुद्दा उसको लडाई, जसको लडाई उसको अगुवाई भनेर आम महिलाहरुको हकका निम्ति सम्पूर्ण युवामहिलाहरु एक हुनुपर्दछ । त्यसको निम्ति महिलाका मुद्दालाई केवल महिलाकै मात्र होइनन् राष्ट्रकै मुद्दाहरु हुन् । समतामुलक समाज, राष्ट्र निर्माणको निम्ति महिला सहभागिता आवश्यक हो ।

Yuwa ko Neta Yuwa nai. published by kantipur daily 2066 poush 12 by Meena Shrestha on Friday, January 1, 2010 at 5:19pm




युवा नेतृत्वमा युवा नै

२०४७ जेष्ठ १ गते स्थापना भएको प्ररायुसंघ नेपालको सातौं राष्ट्रिय सम्मेलन आमुल सामाजिक परिवर्तनका लागि सशक्त युवा आन्दोलन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणका लागि सातौं राष्ट्रिय सम्मेलन भन्ने नाराका साथ यही पौष ११,१२,१३ गते मधेश आन्दोलनको उद्गम स्थल सिराहा जिल्लाको लहानमा हुन गइरहेको छ । उद्घाटन कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष क. के.पी.ओली, प्रधानमन्त्री क. माधवकुमार नेपाल, क. जे.एन. खनाल तीनै नेताहरुको सम्बोधनमा हुनेछ । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । 
पछिल्लो समयमा जनयुद्धमा १३ हजार नेपाली जनताको सहादत पछि र संविधान सभाको निर्वाचनमा नेकपा एमाले अनपेक्षित र अप्रत्यासित रुपमा मुलुकको तेस्रो शक्तिको रुपमा आएपछि सङ्घलाई विघटन पो गर्नुपर्छ कि भन्ने चर्चा चलिरहेकै अवस्थामा २०६५ जेष्ठ २० र २१ गते युवासङ्घको राष्ट्रिय कार्यकर्ता भेलाले युथफोर्सको गठन ग¥यो । गठन पश्चात मुलुकमा भइरहेको हत्या–अपहरण चन्दा आतङ्क भ्रष्टाचारी, अराजकतालाई प्रतिरोध गर्न सफल भयो यसले नेकपा एमालेका साथमा युवा नै छैनन् कि भन्ने प्रश्नलाई दरिलो उत्तर दियो । फोर्सको स्थापना पछि नेकपा एमालेसँग पनि युवा रहेछन ती युवासँग तातै रगत रहेछ साथै इँटको जवाफ पत्थरले दिन सक्छन् भन्ने सन्देश दिन सफल भएको छ । युथफोर्स गठन आफैंमा मनोवैज्ञानिक पहल र प्रयास हो कुनै एकल व्यक्तिको निर्णयबाट यसको गठन भएको होइन । जनताका शत्रुको प्रतिरोध गर्न र अन्य विभिन्न सङ्गठनका नाममा गरिएको विभिन्न आतङ्कको मुतोड जवाफ दिन गठन गरिएको हो । यतिमात्र होइन जनता माझ खस्कँदै गएको लोकप्रियतालाई पुनः यथास्थानमा ल्याउन तथा आफ्नो मातृपार्टी र आम जनताको साथी बन्न सफल भएको छ । आफ्नै घरमा मान्छेको हत्या अपहरण हुँदा बोल्ने आवाज हराइरहेको मौनताको संस्कृति सुरु भइरहेको बेला आवाज बनेको छ । मान्छे भित्र जमेको डर, त्रास आतङ्क हटाउनु र मानवीय संवेदनशीलता जगाउनेकाम प्ररायुसंघ र युथफोर्सले गरेको छ । आफूबाहेक अरुको अस्तित्व नस्वीकार्नेहरुलाई हामीभन्दा माथि पनि आकाश रहेछ, हामी भन्दा तल पनि धर्ती रहेछ तथा हामीले झटारो हान्दा हामीलाई फूलको थुँगाले कतइ हान्दैन रहेछन् भन्ने सबक सिकाएको छ । यस्तो अवस्थामा अबको प्ररायुसंघ नेपाल आम युवाहरुको साझा छाता एवं सङ्गठन बनाउन मैत्री सङ्घ हुनुपर्छ, कुरा मात्र गर्नेहरुको नेता सङ्गठन होइन काम गर्ने र कुरा गर्नेहरुको संगठन हुनुपर्छ । कार्यक्षेत्रमा काम गरेर हिँड्ने सधैं कार्यकर्ता बनिराख्ने मिटिङ बैठकमा फूलबुट्टा र साहित्यिक मीठो शैलीमा रिपोर्टिङ मात्र गर्ने सधैं नेता हुने प्रवृत्तिको अन्त्य हुनुपर्छ । ३ जना बसेर गरिएको सल्लाह सङ्गठनको निर्णय भनेर लाद्ने प्रयास गर्दा यसको नतिजा नराम्रो पनि हुनसक्छ भन्ने आशय ती व्यक्तिहरुले पनि बुझेर समयमै सचेत हुनुपर्छ । आजको युवासंघ औपचारिक पधेँरे होइन नदीको छाल भएर जानुपर्छ । साँच्चिकै समाज रुपान्तरण भएर जानुपर्छ र यसको जिम्मेवारी केवल युवाहरुको काँधमा रहेको छ । प्ररायुसंघमा गोलबद्ध हुँदा त्रास लाग्दो होइन आश लाग्दो र भरोसा गर्नसक्ने भर लाग्दो बन्दै आम युवाहरुको जुझारु भावनालाई समेट्ने नेतृत्वदायी संस्था बन्नुपर्दछ । 
पार्टीभित्रका २ लाइनका चर्चा भङ्रहेको बेला हुन लागिरहेको राष्ट्रिय सम्मेलनमा पार्टीका लाइनले कुनै असर पारिनुहुन्न पार्टीको २ लाइनको सङ्घर्ष स्वाभाविक हो तर यसलाई मित्रतापूर्ण ढङ्गले हल गरेर जानुपर्छ । पार्टीभित्रका अन्तरविरोधलाई व्यवस्थित गरिनुपर्छ । जीवन्त पार्टीमा दुई लाइनको सङ्घर्ष द्वन्द्ववादी ढङ्गले सञ्चालन गर्दै लेनिनवादी संगठनात्मक पद्धतिबाट हल गरिनुपर्दछ । कोही पार्टी सङ्गठनभित्र रहेको कुनै नेतासँग विचारका आधारमा नजिक भएकै कारण सक्षम र योग्य नेतृत्वलाई पन्छाउनु खोजिनु हुन्न । प्ररायुससंघ, नेपाल १६ देखि ४० बीचका युवाहरुकै युवा सङ्घ बनाइनुपर्छ उमेर पुग्न लागिसकेका व्यक्तिहरुलाई थेगभर गरेर गहन जिम्मेवारी दिइनु हुन्न र आम प्रतिनिधिहरुले युवासंघको नेतृत्व जोस, आँट, हिम्मत, जुझारु युवालाई नै दिइनुपर्छ । अबको युवासंघ कोठाभित्रका रचनात्मक र सृजनात्मक कार्यक्रममा भन्दा पनि मुलुकभित्रका असहज अप्ठ्यारा हरेक ठाउँमा पुग्नुपर्छ । राज्यले सुरक्षा दिन नसकेका ठाउँमा सुरक्षा दिन पनि तयार हुनुपर्छ । माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार्दै जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्तको मूल्य मान्यता बमोजिम प्रतिष्पर्धाको खुल्ला राजनीतिक प्रणाली का माध्यमबाट समाज रुपान्तरण गर्न सकिन्छ भन्ने मान्यता बोक्ने युवासंघ कहिल्यै असफल हुन सक्दैन । आफूभित्र भएका सानातिना त्रुटीहरु हटाउँदै एकताका साथ जिम्मेवारी पूर्वक युवाहरुको हकहितको लागि मुलक निर्माणको काममा क्रियाशील बन्नुपर्छ । दक्षिणपन्थी यथास्थितिवाद र उग्रबामपन्थी भड्काउबाट लाखौं युवाहरुलाई बचाउँदै क्रान्तिकारी ध्रुवीकरण रुपान्तरण गर्दै लैजान यो राष्ट्रिय सम्मेलन सफल बन्नु पर्दछ । माक्र्सवादको सिर्जनात्मक प्रयोगको सिद्धात्त बहुदलीय जनवाद भएकोले आन्तरिक प्रतिष्पर्धालाई बन्देज गर्न खोज्नु पार्टीले अँगालेको लोकतान्त्रिकीकरणलाई चुनौति हो । त्यसैले प्ररायुसंघभित्र भएका सक्षम नेता कार्यकर्ताहरुबीच राजनैतिक, वैचारिक कार्यकुशलता र क्रियाशीलताबीचको छनौट गर्न पाउने सार्वभौम प्रतिनिधिहरुको अधिकारलाई सम्मान गर्दै देशका अन्य युवा संगठनहरुलाई समेत शिक्षा प्रदान गर्न यो राष्ट्रिय सम्मेलन विचार, सिद्धान्त, व्यवहार र नेतृत्व छनौटमा मातृपार्टीले अबलम्बन गरेको लोकतान्त्रिकीकरणलाई व्यहारमा उतार्न सफल रहनुपर्दछ । त्यसले मात्र सबै विचार भएका राम्रोजति हाम्रो भन्ने मान्यतालाई स्थापित गर्न सक्दछ । जसले गर्दा आमूल परिवर्तनमा युवाहरुलाई गोलबन्द गरी परिचालन गर्न सक्षम बन्न सक्दछ प्ररायुसंघ नेपाल ।

rajniti bhitra mahila hinsa published by Blast daily 2066 mangsir 25 by Meena Shrestha on Friday, January 1, 2010 at 5:22pm






राजनिति भित्र महिला हिंसा

मंसीर १० अर्थात नोभेम्बर २५ महिला हिंसा बिरुद्धको दिवस भनेर अन्र्तराष्ट्रिय स्तरमा मनाइन्छ । यो दिवसको शुरुवात ल्याटिन अमेरिकाबाट भएको हो । यो दिन सेतो रिवन लगाएर महिला प्रति हिंसा गर्दिन भनेर प्रतिबद्धता गरिने भएकोले सेतो रिवन अभियान पनि भन्ने गरिन्छ । यो दिवसको सन्र्दभ डोमिनिकल गणतन्त्रका एकै परिवारका ३ दिदी बहिनीको हत्यासंग जोडिएको छ । सन १९६० नोभेम्बर २५ मा पक्राउ गरेको ११ महिना पछि हत्या गरिएको थियो । यीनै ३ दिदी बहिनीको समझनामा बिभिन्न कार्यक्रम गरि मनाउन थालियो । यो हत्याको प्रसंग बिभिन्न मुलुक हुदै संयुक्त राष्ट्रसंघ सम्म आइपुग्यो । सन १९९९ मा राष्ट्रसंघको महासभाले नोभेम्बर २५ लाई बिश्वभर महिला हिंसाको बिरुद्धको दिवस मनाउने घोषणा गरयो । विगत केहि वर्ष देखि हाम्रो मुलुकमा पनि विभिन्न कार्यक्रम गरि महिलावादी संघ संस्था र राजनितिक दलहरुले समेत १६ दिने अभियान भनेर मनाउन थालिएको छ । यो वर्ष अझ सक्रियताका साथ मेची महाकाली अभियानका साथ सम्पन्न गरिएको थियो ।
महिलाहरु माथी सामाजिक, आर्थिक,सांस्कृतिक,राजनैतिक सबैखाले हिंसा हुने गरेको पाइन्छ । घर भित्र देखि घर बाहिर सम्म सबै खाले हिंसा भैरहेको पाइन्छ । नोभेम्बर २५ जुन दिन ल्याटिन अमेरिकाका पुरुषहरु जो महिला हिंसा बिरोधि थिए । उनीहरुले महिला प्रति हिंसा गर्दिन भनेर प्रतिबद्धता जाहेर गरेका थिए । हाल बिश्वका ७५ देशमा सेतो रिवन अभियान चलेको छ । हाम्रो देशमा पनि महिलावादी संघ संस्था र राजनितीक दलहरुले बिभिन्न कार्यक्रम गरि मनाउन थालिएको छ । हिंसा भनेर बिभिन्न खाले हिंसाको कुरा गर्दा अधिकार र मुक्तिको कुरा गरिने क्षेत्र भित्र हुने गरेका हिंसाहरु बाहिर आउने गरेको पाइन्न । बोलेर नै राजनिती गरिन्छ तर राजनिती भित्र हुने गरेका हिंसाको बारेमा बोल्न सकिन्न । हिंसाको बारेमा आवाज उठाए अनुसासनको कार्वाहीको बिषय बनाइन्छ । मुलुक लोकतान्त्रिक गणतान्त्रमयी भैसक्दा पनि राजनिती क्षेत्रमा महिलालाई समानता होइन मातहत ले प्रसय पाइरहेको छ ।पुरुषको मातहत रहेर काम गर्दा राम्रो हुने तर त्यही पुरुष सरह समान भैसके पछि महिलाका तिल जत्रो गल्तीलाई पहाड बनाएर आलोचनाको शिकार बनाएर चरित्र हत्या समेत गर्न पछि पारिन्न । आफ्ना व्यक्तिगत समस्याहरु संगको संघषलाई थाति राख्दै राजनैतिक क्षेत्रमा जति नै योग्य भएपनि योग्ताको कदर गरिन्न उसको कार्यकाल पुरा नहुन्जेल शंकाको दृष्टिले हेरिन्छ । मुलुकले धेरै फड्को मारीसकदा पनि हाम्रो चिन्तन अझैपनि पितृसतात्मक नै रहेको पाइन्छ । आवाज सुन्ने ठाँउमा महिला संख्या न्युन रहेको छ । अधिकांश पुरुष नै हुने गरेको छ । महिला नेतृत्वमा पनि पुरुष चिन्तनले ओतप्रोत भरिएको पाइन्छ । आफुसरहको महिलाले आफु भन्दा सक्षम देखेपछि स्वस्थ्य प्रतिस्पर्धा गर्न नसके महिलाको अधिकार महिलाले नै पनि हनन गर्ने गरेको पाइन्छ । उल्लेखनिय काम गर्दा पनि ओठ लेप्राउने, चियो गर्ने गरिन्छ । को संग कति बेर बोलि देखि लिएर कँहा गइ सम्मको चर्चा गरिन्छ ।महिलाहरुलाई पुरुष सहारा चाहिन्छ भन्ने मानसिकताले महिलाहरु हिंसा सहिरहन्छन । साच्ची कै पुरुष सहारा भएका महिलाहरु नै लामो समय सम्म टिकीरहेको र शक्तिशाली भएर रहेको पाइन्छ । पति, पिता, काका, दाइ भाइ सम्बन्धले आर्शिवाद पाएका महिलालाई भन्दा पुरुष ओझेल मै पारिन्छन । हरेक क्षेत्रमा एक तिहाइ महिला भनिएता पनि कुनै पार्टीको केन्द्रिय कमिटीमा महिलाहरु नभएको उदाहरण बिद्यमान छ । पार्टीको भुइतह मै ३३% पुरयाए मात्र, गाउ, नगर, क्षेत्र, जिल्ला हुदै ३३% महिला सहभागिता पुरयाउन सकिन्छ । ुमान सहभागिता पाइन्न । राजनिति भित्र षडयन्त्रको हिंसा हुन्छ । अहिले अमेरिका र भारत भन्दा संसदमा महिला प्रतिनिधित्व बढी छ । तर संख्या बढी भएर मात्र हुन्न । अवसरलाई चुनौतिको रुपमा सदुपयोग गर्नुपर्छ । हामी काहा कुरा गर्दा साथी भेटिनछ तर काम गर्दा एक्लो हुन्छ, ऐन मौकामा ुबैले साथ छाडि दिन्छन । दल भित्र गुटगत हिंसापनि मौलाएको पाइन्छ । एक गुटले अर्को गुटको महिलालाई खेदो गर्ने गरेको पाइन्छ । प्रभावशाली र समर्थनमा समुह तयार भए गुटबन्दि गरेको आरोपमा तीलको पहाड बनाएर सानातिना त्रुटिलाइ आलोचना गर्दै कार्बाही गरेर चरित्र हत्या समेत गर्दै पाखा लगाउन खोजिन्छ । एउटै गल्ती महिला र पुरुषले गरेको छ भने पुरुषलाई सफाइ दिइन्छ तर महिलालाई दोषि बनाइन्छ । यो पनि राजनिति भित्रको महिला हिंसाको चरम रुप हो । महिलाले मुलुकको लागि पार्टीको लागि के कति उपलब्धीमुलक काम गरी ? के कति त्याग गरि त्यो खाजिन्न । आफ्नै दल भित्रको नेतृत्वलाई समर्थन गर्दा गुटबन्दीको आरोप लगाएर पुरुषलाई कार्वाह ीगर्न नसकेर महिलालाइ कार्वाहीको प्रक्रियामा पुराइन्छ । यस्ता बिभिन्न खाले महिला हिंसाले सामाजिक बिकाशमा वाधा पुरयाउछ । मुलुकको निम्ती जुन भुमिका खेल्नुपर्ने हुन्छ त्यो भुमिका निभाउन पाउदैनन । राजनैतिक क्षेत्र भित्र महिलाहरु लाई अवसरको वाताव।ण बनाइनुपर्छ अनिमात्र समानताको समाज निर्माण गर्न सकिन्छ । राजनिती भित्रपनि आफुले भोगेका आइपरेका हिंसायुक्त व्यवहारलाई खुलेर भन्न सक्नुपर्छ । हिंसा गर्ने प्रमुख कारण पत्ता लगाउनुपर्छ । हजारौ बर्ष देखि लादिएको पुरुष चिन्तनबाट मुक्त हुनैपर्छ ।आग्रह पुर्वाग्रह छाडेर महिला हकहितको निम्ती एकजुट हुनपर्छ । सबैदल सम्पुर्ण क्षेत्रका महिलाहरु एक हुनैपर्छ, हातेमालो गरेर महिला बिरुद्धका सबै खाले हिंसाको जरो उखेल्नुपर्छ । जबसम्म राजनीति क्ष्ोत्रमा भइरहेको हिंसालाई अन्त गर्न सकिन्न । महिलाका हितलाई सामुहिक हित बनाउनुपर्छ ।
महिलाहरुले अवसरका लागि पर्खने होइन दिइनुपर्छ । महिलालाई पुरुषसरह आफ्नो क्षमता अनुसार राजनितिमा भाग लिन सक्नुपर्छ । यसका निम्ती सबै दल सबै क्षेत्रका महिलाहरु पार्टीगत स्वार्थ भन्दा उठी महिलाका मुद्दामा मोर्चाबन्दि हुनुपर्छ । सरकारले २०१० लाई महिला हिंसा बिरुद्धको बर्ष भनेर मनाउने तयारी गरेको छ । यो अत्यन्तै स्वागतयोग्य छ । महिला हिंसा र्दिन भनेर प्रतिबद्धता सहित सेतो रिवन लगाउने अभियान कतै कतै कार्यक्रम गर्दा आफ्नो झण्डा व्यानरमा सेतो रिवन लगाएर हामी महिला हिंसा गर्दैनौ भनेर अभिव्यक्ति दिने तर व्यवहारमा भने त्यही महिला हिंसा भैरहेको पाइन्छ । त्यसैले राजनैतिक क्षेत्रभित्र अझै सेतो रिवन आवश्यक तर सेतो रिवन झण्डा,व्यानर पुरुषले लगाएको पहिरनमा मात्र होइन मन र मस्तिष्कमा लगाउन सके राजनैतिक क्षेत्रका महिलाहरु माथी हुने गरेका हिंसाहरु केहिहद सम्म कम हुने गर्छन ।
बिश्वका ८० भन्दा बढी देशहरुमा महिला हिंसा हुने गर्छन र यसमा नेपाल पनि पर्दछ । यो सुचिबाट हटाउन राजनैतिक क्षेत्रमा हुने गरेका हिंसालाई अन्त गर्न सके मात्र अरु क्षेत्रका महिला हिंसालाई कम गर्न सकिन्छ । समाजमा वा राजनितिक दल वा बिभिन्न संस्थाहरुमा महिलाहरुले भोगि रहेका समस्याहरु हामी भित्रको पितृसतात्मक सोच कै उपज हो । जसको सम्बन्ध सामन्तवादी सामाजिक संरचना र संस्कृतिसंग रहेको हुन्छ । पितृसतात्मक सोच पुरुषहरु संग मात्र हुन्छ भन्ने होइन । यो महिलाहरुमा पनि हुन्छ ।महिलामुक्तिको लडाइ पुरुष विरोधि लडाइ होइन बरु महिलालाई हेर्ने गलत दृष्टिकोण र विद्यमान गलत संस्कार र अन्यायपुर्ण सामाजिक अवस्थाको विरुद्ध हो ।
महिलालाई हेर्ने गलत दृष्टिकोण बोकेका व्यक्ति चाहे महिला वा पुरुष दुवैसंग यसको सर्घष हुन्छ । तर महिलालाई हेर्ने वैज्ञानिक र न्यायपुर्ण दृष्टिकोण राख्ने पुरुष वा महिला दुवै यो आन्दोलन भित्र पर्दछन । समग्रमा महिला शक्तिको लडाइ हाम्रो समाजको अर्ध सामन्ती तथा अर्का औपनिवेश सामाजिक संरचना कै विरुद्धको लडाइ हो । अर्थात यो लडाइको निशाना कुनै व्यक्ति विशेष(पुरुष वा महिला) लाई बनाउने भन्दा पनि सिंगो राज्यसत्ता कै बिरुद्ध लक्षित हुनुपर्छ । तर यसो भनिरहदा हाम्रै आफ्नै घर, गाँउ, समाज भित्र हुने महिला भेदभावका घटनाको विरुद्ध संघर्ष नगर्ने भन्ने होइन । हामीले समाजका समस्याहरु संग जोडिएर संर्घषलाई उठाउने प्रयत्न गर्नैपर्छ ।नत्र नाम मात्रको आनदोलन हुनजान्छ । तर जनतामा व्याप्त गलत संस्कार विरुद्ध सांस्कृतिक रुपान्तरणको लडाइलाइ हामीले बल प्रयोगको माध्यमबाट होइन सचेतना तथा मित्रवत आलोचना तथा अनुरोधबाट नै अगाडी बढाउनुपर्छ । समाजमा नैतिकरुपले गिरेका अपराधिक मनोवृति भएका महिला विभेदकारी व्यक्तिहरुका बिरुद्ध भने जनस्तरबाट कडा कारवाही पनि गर्नेपर्छ । राजनितिक दल वा संस्था भित्र हुने हिंसालाई उक्त दल वा संख्या भित्र दृष्टान्त सहित सुत्रबद्ध गर्ने र दलका औपचारिक बैठक वा दस्तावेजहरुमा तिनीहरुलाई व्यवस्थित गरेर पारित गराउने र प्रतिबद्धता व्यक्त गर्न कदमबाट अगाडी बढाउदै त्यस्का बावजुद समसयाहरु देखिए तिनै दस्थावेज तथा प्रतिबद्धताका आधारमा गलत व्यक्तिलाइ कारवाही गर्नुपर्छ । यदि बैठक वा दस्तावेजहरुमा महिला समस्याहरु सुत्रबद्ध छैनन भने सर्वप्रथम तिनीहरुलाय सुत्रबद्ध गर्न सर्घष गर्नु पहिलो कदम हो ।

Tika ko shasas published by Nagrik daily by Meena Shrestha on Friday, January 1, 2010 at 5:24pm









टिकाको साहसी मुटुलाई सलाम !

मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दा पनि स्वतन्त्रतालाई अझैपनि मुठी भित्र कैद गर्ने हरुको बिरुद्ध कलम चलाए वापत पुरस्कृत भइरहेका छन । आफूले गरेका गल्तीलाई कलमको भरमा संसारभर छरिदिएका कारण विरेन्द्र शाह, डेकेन्द्र थापा, उमा सिंहको क्रुरतापुर्वक हत्या गरिएको थियो । विश्व भरि महिला हिंसा बिरुद्ध १६ दिने अभियान मनाइ रहदा, महिला माथि हुने गरेका सांस्कृतिक, आर्थिक, सामाजिक, राजनितिक सबैखाले हिंसा भइरहँदा भरखरै शाहसी चेली टिकालाई आफुहरुको बिरुद्ध नलेख्न चेतावनी दिएको केहि दिन पश्चात लेख्ने हातका औलाहरु चिरियो, हिड्ने खुट्टा अशक्त बनाइयो, सोच्ने मश्तिष्क भएको टाउको फूटाइयो । टिकाले आफुलाई स्वतन्त्रता र नागरिक सर्वोच्चताको हिमायती ठान्नेहरुको बिरुद्ध कलम चलाए वापत र यदु गौतमको बारेमा लेखे वापत यो सजाय पाएकी छिन तरपनि टिकाको साहसमा कमि आएको छैन् । टिकालाई नेपालगंजबाट काठमाडौ ल्याइदा टिकाको होस खुलाइको पर्खाइमा रहेकाहरुलाई उनी बिउझेपछि बोलेका वाक्यहरुले उनीलाई लागेका चोटहरुले दुखेकाहरुलाइ मलम लगाइ दिएकोछ । आमाले छोरी तिमीलाई उमा सिंहलाई जस्तै गर्लान है भनेर सचेत गराउँदा पनि आफ्नो कार्यक्षेत्रमा समर्पित टिकाका कलम समाउने साहसी हातहरु कहिल्यै रोकिएन । टिकाको साहसी मुटुलाई सलाम ! तिमी जस्ता युवा अनि युवा महिलाको जोश जागँर र हिम्मतलाई सलाम ! ! यहि मंसीर २६ देखि काठमाडौमा भएको महिला पत्रकारहरुको भेलाले यो सांघातिक हमलाको बिरोधपूर्ण सम्बोधन त गर्छ नै अधिकारको ठुला कुरा गर्नेहरुले बलले होइन बिचारले राजनिती गर्नुपर्छ । अनि टिकाको हत्याको प्रयासमा रुकुम वाइसिएल जिल्ला सदस्य लगायत ९ जना जो जो पक्राउ परेका छन । तिनलाइ कडा भन्दा कडा कार्वाहीको प्रक्रिया थालिनुपर्छ । राज्यलाई दण्डहिनताबाट मुक्त गरिनुपर्छ । राज्यको चौथो अंग प्रेश जगतलाई बोलीमा होइन व्यवहारमा स्वतन्त्र गरिनु पर्छ अनि मात्र नयाँ नेपालको नयाँ संबिधान लेखिन सहज वातावरण तयार हुनेछ ।

8 march article publised by Nagarik Daily by Meena Shrestha on Monday, March 15, 2010 at 10:26pm






पुरुष घेरा भित्र महिला अधिकार
–मिना श्रेष्ठ
८ मार्च अर्थात अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस कतै कतै नारी दिवस भनेर पनि चिनिनछ यो दिन । बिभिन्न दिवसहरु मध्ये चर्चा हल्ला खल्ला चर्का चर्का भाषण सहित मनाइने दिवस अन्र्तगत ८ मार्च पनि पर्दछ । ८ मार्च नारीहरुले बिभिन्न कार्यक्रम गरेर मनाइन्छ तर कतै कहि ८ मार्च के ? किन? कस्ले शुरुवात? थाहा हुदैन । महिलालाइ ३३ प्रतिशतमा टेकेर ५० प्तिशतको कुरा उठाइन्छ अर्थात महिला समान सहभागिताको कुराहरु उठाइन्छ । महिला अधिकारका आवाजहरु चर्का चर्का स्वरमा कतै ¥यालीमा कतै अन्र्तक्रियाहरुमा कतै गोष्ठीका भाषणहरुमा थर्किने गर्छन तर कतै भने महिला अधिकार मानव अधिकार हो भन्ने अनुभुति पनि गर्न पाएका छैनन् । ८ मार्च जर्मनी महिला नेतृ क्लारा जेट्किनले सन् १८५७ मा श्रमिक महिला हरुको हक अधिकारको आवाज बुलन्द गरेको दिन हो । हाल १०० औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारीमा हाम्रो मुलुक पनि नारी दिवसमय बनेको छ । महिला भएकै कारण महिला ले भोग्नु पर्ने विभिन्न खाले विभेदको अन्तको लागि १९१० देखि मनाउदै आइरहेको यो दिवस फेरी पनि विभिन्न महिला वादी संघ सस्था र राजनितिक दलहरुबाट भव्यताका साथ सम्पन्न हुने तयारी भइरहेको छ । र आफुलाई नेतृत्वदायी भुमिका ठान्ने हरु जहा जुन ठाउमा भएपनि नेतृत् वगर्नै पर्ने व्याक्तिहरु पनि चर्का चर्का स्वरमा आफु महिला अधिकारका निम्ती सधै महिला अधिकारका निम्ती सधै लडि रहने प्रतिबद्धता व्यक्त गर्छन । तर हामी कहाँ यस्ता अधिकारका चेतनामुलक कार्यक्रमहरु अझैपनि शहर केन्द्रीत हुने गर्छन । महिला भएकै कारण कतै झुमा, देउकी, कुमारी प्रथाबाट शोषित भइ रहेका छन । कतै दाइजो÷तिलक प्रथाबाट महिलाहरु जिउदै जल्नु परिरहेको छ । कतै बोक्सीको आरोपमा मलमुत्र ख्वाइरहेको छ । कतै बलातकृत भएर न्याय नपाइ न्यायको भिख माग्दै हिडिरहेका छन् । कतै विधवा÷एकल महिलाहरु भएका कारण निरस र यातनापुर्ण जीवन बिताइरहेका छन् । विधवा÷एकल महिलाको विवाहलाइ सरकारले प्रोत्साहन दिन खोज्यो तर यो कार्यक्रमलाइ पैसा संग जीवन दाज्न खोजियो भनेर चौतर्फी विरोधका लेख रचना टिप्पणीहरु प्रशस्त निस्कीए । एकल महिलाको विवाहलाई हाम्रो अझैपनि खराव दृष्टिकोणले हेरिन्छ । पुरुषले १०वटीलाइ श्रीमतिको रुपमा ठाउ ठाउमा राखेर मन राख्दै हिडेपनि पुरुष भने सधै शुद्ध पवित्र र चोखो मानिन्छ । एउटा मोटरसाइकलमा पालैपालो धेरैवटीलाई घुमाउन लगेनी कसैलाइ चासो हुन्न तर एउटी महिला जहा हिडे, जता गए जो संग बोलेनी खराव आचरणको दृष्टिकोणले हेरिन्छ । सरकारले ल्याएको प्रोत्साहनको कार्यक्रमलाइ मन र मष्तिष्कबाट अनि व्यवहारबाट आत्मासात गर्नुपर्छ । हाम्रो समाज पितृ सतात्मक चिन्तनबाट ओतप्रोत रहेको कारण महिलाले समानताको अनुभुत गर्न पाइरहेको छैनन् । महिलाहरु धैर्य गर्नैपर्ने सहनसिला, शु्सिला हुनैपर्ने शिक्षा घरभित्रैबाट दिइन्छ । महिला माथी शोषण दमनको शुरुवात जन्मेको घरबाट शुरु हुने गर्छ । गर्भ रहदा खेरि देखि छोरो जन्मीयोस भन्ने घरपरिवारबाट आश र कल्पना गरिन्छ भने कतै कतै आधुनिक करणको् नाममा गर्भमा छोरी रहेको जानकारी सगै छोरीको हत्या गरिन्छ । मुलुक गणतन्त्रात्मक बने पनि चेतनास्तर भने १६ शताव्दिमा नै अड्किरहेको पाइन्छ । नारी पुरुष बरावर, एउटा सिक्काको दुइटा पाटा, एक रथका दुइटा पांग्रा आदि इत्यादी भनेर भनेपनि व्यवहारमा उतार्न सकिएको छैन । भनाइ र भोगाइमा आकाश र जमिनको फरक पाइन्छ । हाम्रो मुलुकमा पटक पटक संविधान बने कानुन बने तर विधान र कानुनको कुन दफामा महिला माथी शोषण गर्नुपर्छ अन्याय गर्नुपछ भनेर लेख्याछर ? तरपनि महिला माथी सामाजिक सास्कृतिक शोषण भइ राख्याछ । विभिन्न संस्कृति, परम्पराको नाममा मनोग्रन्थको आधारमा अझैनि शोषण भइ रहेको छ । पुरुषलाइ पति परमेश्वर मान्ने प्रथा अझै जिवितै छ । यस्तै पुरुष चिन्तन हाम्रो समाजमा त व्याप्त छ नै संघ, संस्था राजनैतिक दल सवैमा जरो गाडेर बसेकै छ । आधा आकाश ओगटेका महिलाहरुलाई हरेक दल भित्र ३३ प्रतिशत सहभाग् िगराइने भनिए पनि पुरा हुन सकेको छैन । जव पार्टीका भुइ तहमा नै ३३ प्रतिशत महिला छैन भने एकैचोटी पार्टीको जिल्ला कमिटि, अञ्चल कमिटी र केन्द्रमा खोजेर कहा पाइनछ ?यस्को निम्ती पनि एउटा पुरुषलाई भसइतहमा संगठित दिदा एउटी महिलालाइ पनि दिइनु पर्छ अनि मात्र ३३ प्रतिशतको सिडी चढेर ५० प्रतिशत यानि की समान सहभागिताको ढोकामा पुग्न सकिन्छ । पार्टी कमिटि भित्र महिलालाइ मुख्य जिम्मेवारी दिन कन्जुस्याइ गरिन्छ । महिलाको योग्ता र क्षमता माथी शंका गरिन्छ, “हो र यीनले पनि सक्छीन र ?” भन्ने खालका टिका टिप्पणी गरिन्छ । र दिन खाजिन्न । महिला र पुरुष बरावर हुन्छन भन्ने उदाहरण हामी कहा प्रशस्त दखिन्छन । महिलाहरु छमछम पाउजु बजाउदै हिड्दै गोडाहरुले परेड खेलेको उदाहरण, भात पकाउन तल्लिन हातहरु,बन्दुक समाउन सकेका, हवाइजहाजमा यात्री बन्नेहरु पाइलट बनेर उडाउन सकेका, टेम्पोमा यात्री मात्र नबनी यात्रुलाइ गन्तब्यमा पु¥याएका, मोटरसाइकल पछाडी मात्र बस्न जान्ने होइन दौडाएर हिडिरहेका उदाहरण प्रशस्त देख्न पाइन्छन तर नि जति चेतनशिल, क्षमतावान दक्ष शहरका महिलाले हुन पर्छ त्यति नै अधिकारका प्रत्याभुत गाउका महिलालाइ पनि हुनुपर्छ । जति सुविधा शहरमा गर्भवती हुने महिलाले उपभोग गरेका हुन्छन त्यती नै सुविधा गाउमा कोदो रोप्दा रोप्दै बच्चा जन्माएर भारी संगै बच्चा च्यापेर घर फर्कने महिलाले पनि पाउनुपर्छ । अधिकारबाट आम आदिवासी जनजाति, दलित, मधेशी सम्पुर्ण महिलाहश्र बञ्चित हुनुहदैन । जवसम्म हाम्रो मुलुकमा रहेको पितृ सतात्मक चिन्तनको जरो उखेलेर फाल्न सक्दैनौ तव सम्म ८ मार्च कार्यक्रममा मात्र सिमित हुन्छन । हामीकहा पितृसतात्मक चिन्तनको जरो उखेल्ने क्रममा पुरुषहरुको खुवै सत्तरो सराप र विरोध गर्ने चलन चलिआएको छ । कतिपय ठाउहरुमा पुरुषहरु पनि हिंसामा परेका घटनाहरु सुन्नमा पाइन्छन युगौ देखि पितेसतात्मक चिन्तन हावी भएर पिल्सीएका महिलाहश्रको मात्र चर्चा गरिन्छ । पुरुषहश्र मात्रै महिलाका उन्नती, प्रगतिका बाधक होइनन । पुरुष चिन्तन बोकेका महिला जस्ले पुरुषलाई अलौकिक होइन प्रत्यक्ष देउताको रुपमा पुज्ने महिलाहरु पनिमहिला कै बाधक हुन अहिले हामीकहा महिला वादी सोच बोकेका पुरुषहरु पनि छन । भने पितृसतात्मक महिलाहरु छन । त्यसैले पितृुतात्मक चिन्तनको अन्त्यको आवश्यक छ । यसका लागि संविधान लखिन ढिलाई गरिनु हुन्न संविधानसभामा रहेका १९७ महिला सभासदले महिला भएका कारणले महिलाले भोग्नु परिरहेका मुलुकका यावत समस्यालाई अब फेरि कुनैपनि छोरीहरुले भोग्नु नपर्ने गरि महिलाका हितमा संविधान लेख्नु पर्नेछ । जहा पार्टीको ह्वीप भन्दा पर बस्नुपरे पनि तयार हुनुपर्छ । पहिले महिला अनि पार्टीको जिम्मेवार सदस्यको रुपमा आफुलाई उभ्याउनु पर्छ अनि मात्र नया नेपालको परिकल्पनामा समान सहभागितामुलक नया नेपाल बन्नेछ नत्र पुरानै पुरुष चिन्तन बोकेको पुरानै ढाचा जहा महिलाहरु युगौ देखि शोषित भइरहेका थिए । नया नेपाल भनाइमा मात्र होइन सोच चिन्तन, निती नियम मन मष्तिक्ष्क र सम्पुर्ण व्यवहारमा र भोगाइमा देखिनुपर्छ । अनि मात्र नया नेपालको सार्थकता हुनेछ ।

Dikendra Rajbansi atmahatya le ubjayeko prasnaharu. published by Blast daily at April 31 by Meena Shrestha on Monday, May 3, 2010 at 11:49am


डिकेन्द्र राजवंशी आत्महत्याले उब्जाएका प्रश्नहरु
–मिना श्रेष्ठ
नेकपा एमाले, जिल्लाकमिटि,सुनसरी तथा युवा इन्चार्ज

भरखरै नेकपा एमालेले आफ्नो स्थापना भएको ६१औं बर्ष पुगेको स्थपना दिवस मुलुकभर भव्यरुपमा सम्पन्न गरेकोछ । २००६ सालमा स्थापना भएको नेकपा एमाले विभिन्न आरोह अवरोह पार गर्दै अहिले फेरि मुलुकको सत्तासिन पार्टी भएकोछ । २००६ साल देखि अहिले सम्म आइपुुग्दा आफ्नो अनेकौ सर्घषसिल क्रान्तिकारी योद्धाहरुलाई गुमाएको छ । कतै तानाशाहका नाममा, कतै जनयुद्धका नाममा, देश र जनता अनि पार्टीमा क्रियासिल भएका कारण मृत्युवरण गरेका छन । मनमोहन अधिकारीको नेतृत्वमा गएको ९ महिने सरकारले निकै ख्याति पायो तर संविधानसभाको निर्वाचनमा तेस्रो स्थानमा रहन बाध्य भयो । पुनः अहिले सरकारको नेतृत्व गरिरहेको छ । हालको यो अवस्थामा ०६७ साल बैसाख ४ गते झापाका डिकेन्द्र राजवंशीले पार्टी मुख्यालय बल्खुको आँगनमा आफुलाइ अन्त्य गरे । आफ्नो उर्जासिल जीवन मात्र होइन । सम्पुर्ण जीवन पार्टीमा सर्मपित गरेका राजवंशीले जीवनलाई आत्महत्या मार्फत त्याग गरे । पार्टी जीवनमा अनेकौ हण्डर भोगेपनि कहिल्यै विचलित नभएका राजवंशीको आत्महत्याको कारण केवल छोरालाई रोजगार दिन नसक्नु थियो । आफनै पार्टी सत्तासिन भएका बेला आफ्नो छोरोलाइ जागिर लगाउनु खोज्नु राजवंशीको कुनै अपराधिक चाहना थिएन । पार्टीको भुमिगतकालिन अप्ठ्यारो अवस्थामा संगठनमा सगै काम गरेका र मन्त्रि समेत भएका साथीहरुलाइ लौ न मेरो छोरालाइ काम लगाइदिन परयो, घरखर्च चलाउन गाह्रो भयो, भन्नु अप्ठ्यारो कुरा थिएन । तर धेरै पहल गर्दापनि असफल ठानेपछि आफूलाइ निरास ठानेर विचलित भइ आफ्नो सम्पुर्ण जीवन पार्टीका लागि खर्चेका राजवंशीले जीवन योग्यता र क्षमताको कदरलाइ आफुले मन्दिर ठानेर पुज्ने गरेको पार्टीको मुख्यालय कै आगनमा देहत्याग गरे । यो घटनाले नेकपा एमालेका लागि धेरै प्रश्न चिन्हहरु उब्जाएको छ । अहिले कमरेड यसो गरौ न भनेर योजना राख्दा डिकेन्द्र बन्नु छ र ? भन्ने प्रश्न चिन्ह तेर्सिन थालेका छन वास्तव मै आफनो उर्जासिल जीवन, परिवार, पेशा, व्यवशाय भन्दा पार्टी कामलाइ महत्व दिएर सर्मपित भए पनि अन्तमा आत्महत्याको बाटो छान्नुपर्छ भने किन....??? भनेर आफनो सर्मपण भाव र विचार प्रति पार्टीका लाखौ कार्यकर्ताले डिकेन्द्र राजवंशीका्े हत्याको कारण आफुसंग पनि खोज्न थालेका छन । आम कार्यकर्ताको यो मन भित्र उव्जेका प्रश्नलाइ पार्टीका सम्पुर्ण तह र तप्काका नेतृत्वले गम्भिर ढंगले विचार विमर्श गनुपर्ने सन्देश राजवंशी कमरेडले दिएका छन । राजवंशीको पिडा एउटा उदाहरण मात्र हो । यहा धेरै राजवंशी पात्रहरुले यो व्यथा भोगिरहेका छन । पार्टी भित्र गुटबन्दी रहेको अवस्थामा पार्टीको ८औ महाधिवेशन एकताको महाधिवेशन भनियता पनि एकता होइन ए, कता ? को महाधिवेशन बनेको थियो । गुटबन्दिलाइ तिनाउ नदीमा लगेर बगाउने भनिए पनि सायद तिनाउनदीमा पानी कम भएर होला गुटबन्दि बग्नै सकेन । पार्टी भित्र गुटबन्दि गर्ने ? गर्न हुदैन भन्ने नाउमा गुटबन्दि भइरहेको छ । कोहि गुटमा नभैकन मात्रै नेकपा एमाले भएकालाइ गुटमा लाग्न बाध्य पारिराख्या छ । आफनो अन्धभक्त नबनि अर्को गुट भनेर चर्चामा रहेका प्रभावशाली नेतृत्वको विचारको सर्मथन गरेकै आधारमा गल्तिको तिलको पहाड बनाएर आलोचित बनाइ कार्वाहि गरि विचलित बनाउन थालिन्छ भने कार्यकर्ता निरास बन्दैनन ? पार्टी संगठन भित्र कार्वाहीको पनि विभिन्न प्रक्रिया हुन्छ आफ्नो सर्मथन नगरेकै कारण उसको पृष्ठभुमी योग्यता क्षमता नहेरी कार्वाहीको अन्तिम प्रक्रिया थालिन्छ भने त्यो कार्यकर्ता कति विचलित बन्ला ? आफनो घर, परिवार, पेशा, व्यवशाय व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टी र जनसंगठनमा अहोरात्र खट्ने कार्यकर्तालाइ पुरस्कार होइन बैठक भेलामा दण्ड सजाय दिइन्छ भने कार्यकर्ताले आफनो जीवनको महत्व के देख्छन ? कार्वाही प्रक्रिया अनि त्यसमा पनि महिला कार्यकर्ता जसको जीवन पार्टी काममा क्रियासिल भएकै कारण वैवाहिक जीवन तहसनहस भएर एकल हुनुपर्ने अवस्था पछि एकल भएर पनि विभिन्न चुनौतिका पहाडसंगै संघर्षसिल जीवनलाइ अघि बडाउदै पार्टी कामको क्रियासिलतालाइ रतिभरपनि कम नगरि अघि बडदा खेदो गरेर अस्वस्थ प्रतिस्पर्धा गरि बदनाम गर्न खोजिन्छ भने ति कार्यकर्ताले के गर्छन ??? पार्टी र संगठन नै मेरो परिवार भनेर समर्पित भएकाहरुलाइ गलहत्याएर ढोका बाहिर निकालिदिदा त्यो कार्यकर्ताको भावनामा कति चोट लाग्छ ? यो घटनाले कार्यकर्ताको मनोभावलाई चोट पुरयाउनु हुन्न भन्ने सन्देश राजवंशी कमरेडले दिएर गएका छन । 
सर्वहारावर्ग र आम जनताको हितको लागि अहोरात्र खट्ने भन्दा नेतृत्वको नजिक हुनेलाइ बढी अवसर दिने प्रवृतिलाइ पार्टी पङ्तीको भुइतह सम्म पुगेर काम गर्नेहरुमा नैराश्यताको भाव देखिन्छ । नेतृत्वको नजिक र नातागोता हुनु नै योग्यताको कसीमा नापिन्छ भने नाता कुटुम्व नभएका र नेकपा एमालेको विचार सिद्धान्त जनताको बहुदलिय जनवादलाइ आत्मासात गरेका कार्यकर्ताको भावना माथि कुठाराघात हुदा को सम्वेदनसिल हुदैन र ? पार्टी भित्र कसैले कसैको विचारलाई सर्मथन गरेको आधारमा कसैलाइ तेजोबध र कसैलाइ अधोगत गरिनु हुन्न । पार्टी पङ्ती भित्र नेतृत्वमा रहेर अर्को पार्टीको वकालत गर्नेलाइ कार्वाही गर्न सक्नुपर्दछ । पार्टी कमिटि भित्र समान क्षमता भएकालाइ कसैलाइ कयौ जिम्मेवारीले थोपारिन्छ भने कसैलाइ जिम्मेवारी दिए क्षमता प्रर्दसन गर्ला की भनेर बञ्चित गरिन्छ । अझ पितृसत्तात्मक भावले ओतप्रोत भएको सामाजिक संरचना भित्र महिला कार्यकर्ता माथि महिलाले नै अस्वस्थ प्रतिस्पर्धा गरि चारित्रिक लाञ्चाना लगाएर प्रगति गर्छे की ? भनेर बाटोमा तगारो लगाउने बढेको छ । यस्ता संस्कार मौलाउदै गए कार्यकर्ताको सर्मपित भावमा चोट लागि आत्महत्या गरे अचम्मको कुरा नहुन सक्छ । 
पार्टी नेतृत्व सिंगो पार्टीका आम कार्यकर्ताको हुनुपर्दछ । लाखौ कार्यकर्ता र जनताको आस्था रहेको बिशाल पार्टी थोरै जमातको, आफना नाताकुटुम्बको घेरामा सिमित हुनुहुदैन । वैचारिक रुपमा रतिभर विचलित नभइ सतिसाल बनेर उभिए पनि मानसिक रुपमा निरास भइ आफुले भोगेका भोगाइमा आफुलाइ एकलो ठानी आत्महत्यालाई रोज्नुपर्ने स्थितीलाई सम्पुर्ण तह र तप्काबाट रोक्नुपर्छ तसर्थ पार्टी नेतृत्वले निरास भएर मृत्यु रोज्ने अन्धकार होइन उर्जासिल, क्षमतासिल, जविन जिउने वातावरण दिइनुपर्छ । अबका दिनमा नेकपा एमालेको मन्दिरको रुपमा रहेको मुख्य कार्यालय बल्खु जीवनलाइ पश्चातापमा परिणत गरि आत्महत्या गर्ने स्थल होइन जीवनको आशाको आभा छल्किने ठाउँ बन्नुपर्छ यानीकी फेरि अर्को डिकेन्द्र राजवंशी पात्र कोही बन्न नपरोस ।