About Me

My photo
jinagi kada ghari bich ko ful ho ... jo kada bich fuln saknu paarchha...

Thursday, November 24, 2011

Yuwa ko Neta Yuwa nai. published by kantipur daily 2066 poush 12 by Meena Shrestha on Friday, January 1, 2010 at 5:19pm




युवा नेतृत्वमा युवा नै

२०४७ जेष्ठ १ गते स्थापना भएको प्ररायुसंघ नेपालको सातौं राष्ट्रिय सम्मेलन आमुल सामाजिक परिवर्तनका लागि सशक्त युवा आन्दोलन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणका लागि सातौं राष्ट्रिय सम्मेलन भन्ने नाराका साथ यही पौष ११,१२,१३ गते मधेश आन्दोलनको उद्गम स्थल सिराहा जिल्लाको लहानमा हुन गइरहेको छ । उद्घाटन कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष क. के.पी.ओली, प्रधानमन्त्री क. माधवकुमार नेपाल, क. जे.एन. खनाल तीनै नेताहरुको सम्बोधनमा हुनेछ । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । 
पछिल्लो समयमा जनयुद्धमा १३ हजार नेपाली जनताको सहादत पछि र संविधान सभाको निर्वाचनमा नेकपा एमाले अनपेक्षित र अप्रत्यासित रुपमा मुलुकको तेस्रो शक्तिको रुपमा आएपछि सङ्घलाई विघटन पो गर्नुपर्छ कि भन्ने चर्चा चलिरहेकै अवस्थामा २०६५ जेष्ठ २० र २१ गते युवासङ्घको राष्ट्रिय कार्यकर्ता भेलाले युथफोर्सको गठन ग¥यो । गठन पश्चात मुलुकमा भइरहेको हत्या–अपहरण चन्दा आतङ्क भ्रष्टाचारी, अराजकतालाई प्रतिरोध गर्न सफल भयो यसले नेकपा एमालेका साथमा युवा नै छैनन् कि भन्ने प्रश्नलाई दरिलो उत्तर दियो । फोर्सको स्थापना पछि नेकपा एमालेसँग पनि युवा रहेछन ती युवासँग तातै रगत रहेछ साथै इँटको जवाफ पत्थरले दिन सक्छन् भन्ने सन्देश दिन सफल भएको छ । युथफोर्स गठन आफैंमा मनोवैज्ञानिक पहल र प्रयास हो कुनै एकल व्यक्तिको निर्णयबाट यसको गठन भएको होइन । जनताका शत्रुको प्रतिरोध गर्न र अन्य विभिन्न सङ्गठनका नाममा गरिएको विभिन्न आतङ्कको मुतोड जवाफ दिन गठन गरिएको हो । यतिमात्र होइन जनता माझ खस्कँदै गएको लोकप्रियतालाई पुनः यथास्थानमा ल्याउन तथा आफ्नो मातृपार्टी र आम जनताको साथी बन्न सफल भएको छ । आफ्नै घरमा मान्छेको हत्या अपहरण हुँदा बोल्ने आवाज हराइरहेको मौनताको संस्कृति सुरु भइरहेको बेला आवाज बनेको छ । मान्छे भित्र जमेको डर, त्रास आतङ्क हटाउनु र मानवीय संवेदनशीलता जगाउनेकाम प्ररायुसंघ र युथफोर्सले गरेको छ । आफूबाहेक अरुको अस्तित्व नस्वीकार्नेहरुलाई हामीभन्दा माथि पनि आकाश रहेछ, हामी भन्दा तल पनि धर्ती रहेछ तथा हामीले झटारो हान्दा हामीलाई फूलको थुँगाले कतइ हान्दैन रहेछन् भन्ने सबक सिकाएको छ । यस्तो अवस्थामा अबको प्ररायुसंघ नेपाल आम युवाहरुको साझा छाता एवं सङ्गठन बनाउन मैत्री सङ्घ हुनुपर्छ, कुरा मात्र गर्नेहरुको नेता सङ्गठन होइन काम गर्ने र कुरा गर्नेहरुको संगठन हुनुपर्छ । कार्यक्षेत्रमा काम गरेर हिँड्ने सधैं कार्यकर्ता बनिराख्ने मिटिङ बैठकमा फूलबुट्टा र साहित्यिक मीठो शैलीमा रिपोर्टिङ मात्र गर्ने सधैं नेता हुने प्रवृत्तिको अन्त्य हुनुपर्छ । ३ जना बसेर गरिएको सल्लाह सङ्गठनको निर्णय भनेर लाद्ने प्रयास गर्दा यसको नतिजा नराम्रो पनि हुनसक्छ भन्ने आशय ती व्यक्तिहरुले पनि बुझेर समयमै सचेत हुनुपर्छ । आजको युवासंघ औपचारिक पधेँरे होइन नदीको छाल भएर जानुपर्छ । साँच्चिकै समाज रुपान्तरण भएर जानुपर्छ र यसको जिम्मेवारी केवल युवाहरुको काँधमा रहेको छ । प्ररायुसंघमा गोलबद्ध हुँदा त्रास लाग्दो होइन आश लाग्दो र भरोसा गर्नसक्ने भर लाग्दो बन्दै आम युवाहरुको जुझारु भावनालाई समेट्ने नेतृत्वदायी संस्था बन्नुपर्दछ । 
पार्टीभित्रका २ लाइनका चर्चा भङ्रहेको बेला हुन लागिरहेको राष्ट्रिय सम्मेलनमा पार्टीका लाइनले कुनै असर पारिनुहुन्न पार्टीको २ लाइनको सङ्घर्ष स्वाभाविक हो तर यसलाई मित्रतापूर्ण ढङ्गले हल गरेर जानुपर्छ । पार्टीभित्रका अन्तरविरोधलाई व्यवस्थित गरिनुपर्छ । जीवन्त पार्टीमा दुई लाइनको सङ्घर्ष द्वन्द्ववादी ढङ्गले सञ्चालन गर्दै लेनिनवादी संगठनात्मक पद्धतिबाट हल गरिनुपर्दछ । कोही पार्टी सङ्गठनभित्र रहेको कुनै नेतासँग विचारका आधारमा नजिक भएकै कारण सक्षम र योग्य नेतृत्वलाई पन्छाउनु खोजिनु हुन्न । प्ररायुससंघ, नेपाल १६ देखि ४० बीचका युवाहरुकै युवा सङ्घ बनाइनुपर्छ उमेर पुग्न लागिसकेका व्यक्तिहरुलाई थेगभर गरेर गहन जिम्मेवारी दिइनु हुन्न र आम प्रतिनिधिहरुले युवासंघको नेतृत्व जोस, आँट, हिम्मत, जुझारु युवालाई नै दिइनुपर्छ । अबको युवासंघ कोठाभित्रका रचनात्मक र सृजनात्मक कार्यक्रममा भन्दा पनि मुलुकभित्रका असहज अप्ठ्यारा हरेक ठाउँमा पुग्नुपर्छ । राज्यले सुरक्षा दिन नसकेका ठाउँमा सुरक्षा दिन पनि तयार हुनुपर्छ । माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार्दै जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्तको मूल्य मान्यता बमोजिम प्रतिष्पर्धाको खुल्ला राजनीतिक प्रणाली का माध्यमबाट समाज रुपान्तरण गर्न सकिन्छ भन्ने मान्यता बोक्ने युवासंघ कहिल्यै असफल हुन सक्दैन । आफूभित्र भएका सानातिना त्रुटीहरु हटाउँदै एकताका साथ जिम्मेवारी पूर्वक युवाहरुको हकहितको लागि मुलक निर्माणको काममा क्रियाशील बन्नुपर्छ । दक्षिणपन्थी यथास्थितिवाद र उग्रबामपन्थी भड्काउबाट लाखौं युवाहरुलाई बचाउँदै क्रान्तिकारी ध्रुवीकरण रुपान्तरण गर्दै लैजान यो राष्ट्रिय सम्मेलन सफल बन्नु पर्दछ । माक्र्सवादको सिर्जनात्मक प्रयोगको सिद्धात्त बहुदलीय जनवाद भएकोले आन्तरिक प्रतिष्पर्धालाई बन्देज गर्न खोज्नु पार्टीले अँगालेको लोकतान्त्रिकीकरणलाई चुनौति हो । त्यसैले प्ररायुसंघभित्र भएका सक्षम नेता कार्यकर्ताहरुबीच राजनैतिक, वैचारिक कार्यकुशलता र क्रियाशीलताबीचको छनौट गर्न पाउने सार्वभौम प्रतिनिधिहरुको अधिकारलाई सम्मान गर्दै देशका अन्य युवा संगठनहरुलाई समेत शिक्षा प्रदान गर्न यो राष्ट्रिय सम्मेलन विचार, सिद्धान्त, व्यवहार र नेतृत्व छनौटमा मातृपार्टीले अबलम्बन गरेको लोकतान्त्रिकीकरणलाई व्यहारमा उतार्न सफल रहनुपर्दछ । त्यसले मात्र सबै विचार भएका राम्रोजति हाम्रो भन्ने मान्यतालाई स्थापित गर्न सक्दछ । जसले गर्दा आमूल परिवर्तनमा युवाहरुलाई गोलबन्द गरी परिचालन गर्न सक्षम बन्न सक्दछ प्ररायुसंघ नेपाल ।

No comments:

Post a Comment