About Me

My photo
jinagi kada ghari bich ko ful ho ... jo kada bich fuln saknu paarchha...

Thursday, November 24, 2011

Tika ko shasas published by Nagrik daily by Meena Shrestha on Friday, January 1, 2010 at 5:24pm









टिकाको साहसी मुटुलाई सलाम !

मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दा पनि स्वतन्त्रतालाई अझैपनि मुठी भित्र कैद गर्ने हरुको बिरुद्ध कलम चलाए वापत पुरस्कृत भइरहेका छन । आफूले गरेका गल्तीलाई कलमको भरमा संसारभर छरिदिएका कारण विरेन्द्र शाह, डेकेन्द्र थापा, उमा सिंहको क्रुरतापुर्वक हत्या गरिएको थियो । विश्व भरि महिला हिंसा बिरुद्ध १६ दिने अभियान मनाइ रहदा, महिला माथि हुने गरेका सांस्कृतिक, आर्थिक, सामाजिक, राजनितिक सबैखाले हिंसा भइरहँदा भरखरै शाहसी चेली टिकालाई आफुहरुको बिरुद्ध नलेख्न चेतावनी दिएको केहि दिन पश्चात लेख्ने हातका औलाहरु चिरियो, हिड्ने खुट्टा अशक्त बनाइयो, सोच्ने मश्तिष्क भएको टाउको फूटाइयो । टिकाले आफुलाई स्वतन्त्रता र नागरिक सर्वोच्चताको हिमायती ठान्नेहरुको बिरुद्ध कलम चलाए वापत र यदु गौतमको बारेमा लेखे वापत यो सजाय पाएकी छिन तरपनि टिकाको साहसमा कमि आएको छैन् । टिकालाई नेपालगंजबाट काठमाडौ ल्याइदा टिकाको होस खुलाइको पर्खाइमा रहेकाहरुलाई उनी बिउझेपछि बोलेका वाक्यहरुले उनीलाई लागेका चोटहरुले दुखेकाहरुलाइ मलम लगाइ दिएकोछ । आमाले छोरी तिमीलाई उमा सिंहलाई जस्तै गर्लान है भनेर सचेत गराउँदा पनि आफ्नो कार्यक्षेत्रमा समर्पित टिकाका कलम समाउने साहसी हातहरु कहिल्यै रोकिएन । टिकाको साहसी मुटुलाई सलाम ! तिमी जस्ता युवा अनि युवा महिलाको जोश जागँर र हिम्मतलाई सलाम ! ! यहि मंसीर २६ देखि काठमाडौमा भएको महिला पत्रकारहरुको भेलाले यो सांघातिक हमलाको बिरोधपूर्ण सम्बोधन त गर्छ नै अधिकारको ठुला कुरा गर्नेहरुले बलले होइन बिचारले राजनिती गर्नुपर्छ । अनि टिकाको हत्याको प्रयासमा रुकुम वाइसिएल जिल्ला सदस्य लगायत ९ जना जो जो पक्राउ परेका छन । तिनलाइ कडा भन्दा कडा कार्वाहीको प्रक्रिया थालिनुपर्छ । राज्यलाई दण्डहिनताबाट मुक्त गरिनुपर्छ । राज्यको चौथो अंग प्रेश जगतलाई बोलीमा होइन व्यवहारमा स्वतन्त्र गरिनु पर्छ अनि मात्र नयाँ नेपालको नयाँ संबिधान लेखिन सहज वातावरण तयार हुनेछ ।

No comments:

Post a Comment