About Me

My photo
jinagi kada ghari bich ko ful ho ... jo kada bich fuln saknu paarchha...

Thursday, November 24, 2011

Rajinaama ko Mantra Japai published by kantipur @ 2067/3/2 by Meena Shrestha on Wednesday, June 16, 2010 at 10:54am


राजीनामाको मन्त्र जपाई
– मिना श्रेष्ठ
mamina_stha@yahoo.com

संसारभरका मजदुरहरुले मजदुर दिवस मनाउने गरेको दिनको अवसर पारेर तेस्रो जनआन्दोलन भनेर आन्दोलनले आम जनताको मनभित्र एक प्रकारको कुइरिमण्डल छाएको थियो । लौन अब बैसाख १८ पछि के हुन्छ ? जेष्ठ १४ पछि के हुन्छ ? तेस्रो जनआन्दोलन भनिरहदा ०६२÷०६३ को जनआन्दोलनको सम्झना ताजै छ । त्यो बिशाल जनआन्दोलन संसारकै उत्कृष्ट थियो, बिनाहातहतियार शान्तिपुर्ण सफल पारेका थियौं, प्रहरी र राज्यसंग बुलन्द आवाज र कसीएका मुठ्ठीहरुले नै राजा ज्ञानेन्द्रको बन्दुकलाई परास्त पारेर बन्दुकलाई क्यान्टोनमेन्टमा राख्न सफल भएको थियो तर हाल माओवादीले घोषणा गरेको आन्दोलन सोझा सिधा जनतालाई खुकुरी तालीम, लाठी तालीम दिएर प्रतिवाद गर्न या प्रहार गर्न ठाउँठाउँमा संचालन गरेर शान्तिपुर्ण आन्दोलन गर्न खोजिरहेछ । ०६२÷०६३ को जनआन्दोलनले ४० बर्षको राजतन्त्रलाई समाप्त पा्र्यौं । लोकतान्त्रिक गणतन्त्र स्थापना भयो तर यो आन्दोलन किन ??? केका लागी ? प्रश्नहरु चिया गफमा, सार्वजनिक ठाउँहरुमा जताततै सुनिन्थ्यो संविधानसभा निर्वाचन पछि ए नेकपा माओवादीको नेतृत्वमा सरकार बन्यो तर प्रचन्डले राजिनामा दिए पश्चात माधव नेपालको नेतृत्वमा २४ दलको सरकार बनेपछि १०० दिन पुग्न नपाउदै हरुवाहरुको सरकार भनेर उपनाम दिदै माओवादीले कालो झण्डा र विरोध प्रदर्शनको अभियान नै थाल्यो । हरेक ठाउँमा अप्ठ्यारा र बाधा अड्चनहरु राख्न थाल्यो । खोलो तरेर लाठी बिर्से झैं माधव नेपाललाई शान्तिप्रक्रियामा अहम भुमिका निर्वाह गरेको हिजोको आन्दोलनको नेतृत्व गरेको माधव नेपाललाई अहिले पचाउन सकेनन् । आज नेकपा एमालेलाई खलनायक जस्तो प्रस्तुत गर्न खोजिदै छ । 
हिजो ए माओवादीको प्रचण्डजीलाई प्रधानमन्त्रीबाट राजीनामा देउ भनेर कसले लाठी र खुकुरी देखाएर तर्साएको थियो र ? आफै समस्याबाट भाग्न खोजेर सरकारबाट निस्कने अहिले सत्तरोसराप र विलौना गरेर हुन्छ ? बुद्घि पु्याएर सरकारमा रहेर राम्रा कामहरु गरिरहेको भए अहिले एमाओवादी यो मुलुकको नायक हुन्थ्यो अहिलेको सरकारको गल्तीहरु होलान् तर नि शान्ति प्रकृयामा जान अहम भुमिका खेलेको छ । प्रधानमन्त्री माधव नेपाल स्वयंबाट माओवादी लडाकुलाई टुंगो लगाउन तालिका प्रस्तुत भएको छ तर माओवादी मानिरहेको छैन । अर्को चुनाव पनि यिनै हतियारको बलमा जित्न चाहन्छ । शान्ति प्रकृयाको बाधक यो वर्तमान सरकार र माधव नेपाल भनेर खलनायक बनाउन खोजिदैछ, यो आपतिजनक छ । बाधक त माओवादीको अतिवाद हो । माओवादी जति गरे पनि नटुंगिएको सत्ता कब्जाको रिहर्लसलमा अझै लागिरहेछन् । १८ गते देखी आमहड्ताल घोषणा गरेको माओवादीले ६ दिनसम्म पुग्दा काठमाण्डौं केन्द्रित आन्दोलनमा गल्ली गल्लीबाट प्रतिकारको लागि घर घरबाट निस्केर आम नागरिकले प्रतिकार गरे । सत्तामा जान बन्द हड्ताल नगर भन्ने सन्देश प्रचण्डजीहरुलाई आफ्नै मतदाताहरुले दिए । आम नागरिकले शान्तिसभा र शान्त्यिाली मार्फत बन्द हड्तालको विरोध गरे पछि आम हड्ताललाई स्थगित गरेको भोलिपल्ट जनसभालाई सम्बोधन गर्दै प्रचण्डजीले काठमाण्डौंका सुकिलामुकिला बुद्घिजीवी र पत्रकारलाई सत्तरोसराप गरे अनि भोलिपल्टै सिंहदरबार घेराउ कार्यक्रममा पत्रकारहरुलाई आक्रमण गरी घाईते बनाए हुन पनि अघिल्लो दिन कान्तिपुरकर्मीहरुलाई भोलि हिड्लास् पख्लास् जो भनेका थिए । माधव नेपालको नेतृत्वमा सरकार गठन भएदेखी नै राजीनामा शब्द अति सस्तो बनेर माओवादीका हरेक कार्यक्रममा मन्त्र जपिन थाले । १३ महिनादेखी माओवादीले जपेको मन्त्र हरेक कुराको औषधी जस्तो बनेको छ । टाउको दुखे, हात भांचिए, पेट दुखे सबैकुराको औषधी एउटै भने झैं माओवादीका हरेक कृयाकलाप सहमति र सम्झौतामा माधव नेपालको राजीनामा मन्त्र बनेको छ । जेष्ठ १४ पछि के होला भन्ने आशंका हटेको छ । आधारातमै भएपनि संविधानसभाको म्याद थपिएको छ थपिनै पथ्र्यौ नत्र संविधानसभा त हाम्रो पो पेवा हो त भन्नेहरुनै जनतामाझबाट सिदिन्थे । जे होस् २ बर्षे असफलतापछि १ बर्षभित्र संविधान लेखिने प्रतिवद्घता आएको छ तर त्यसका निमित्त जेष्ठ १४ गते राती भएका संझौताहरु पालन हुनुपर्छ, हिजो जे जेका नाउँमा उठाइएका बन्दुकहरु छन् तिनलाई थन्क्याईनु पर्छ, बन्दुकको छाँयामुनि शान्तीप्रेमी नेपालीको संविधान बन्न सक्दैन र अब हुने निर्वाचन बन्दुके चुनावपनि हुनुहुन्न, यसकालागी जे जति संझौताहरु भएका छन् पालना हुनुपर्छ सत्तामा जान, प्रधानमन्त्री हुन खोज्ने तर जनताका कब्जा गरेका घरजग्गा फिर्ता नगर्ने ? आफ्ना छापामारहरुलाई ब्यवस्थित गर्न नलाग्ने सधै के कब्जा र के कब्जा मात्रै ?
संविधानसभा सत्ताको दोहोरी खेलमा नफसी समयमै संविधान लेखनमा जानुपर्छ । प्रचण्डजीले आफु बाहेक अरुलाई प्रधानमन्त्री भएको देख्न नसक्ने हृदयलाई फराकिलो पार्नुपर्छ, एकलवादी सोचलाई मस्तिष्कबाट उखेल्नु पर्छ र माधव नेपालको राजीनामालाई होईन शान्ती प्रक्रिया र संविधान निर्माणलाई प्राथमिकता दिनुपर्छ । माधव नेपाललाई युथफोर्सले सिंहदरबार कब्जा गरेर प्रधानमन्त्री बनाएर राखेको होईन, संविधानसभाका ६०१ सभासदहरुको समर्थनमा हो अनि सभासद बन्न माओवादीले पटक पटकको अनेराधपछि नेकपा एमालेको कार्यलयमा लिखित अनुरोध पछि भएको भन्ने कुरो पनि बिर्सन हुन्न । यो मुलुकबाट हत्या हिंसा, अपहरणको अन्त्य नहुन्जेल माधव नेपालले राजीनामा दिन हुन्न ! मुलुकलाई रिक्ततामा राखिनहुन्न ! 
भुई न भाँडामा भएको माओवादी राजनिती अरु दललाई निषेध गर्ने मानसिकतामा पुगेको पाईन्छ आफुबाहेक अरुलाई नदेख्ने माओवादीको यो दोषीचश्मा गलत छ । आन्दोलनका सहयात्रीहरुलाई एक्लाएर राज्यका हरेक क्षेत्रमा अरुलाई निषेध गरेर जाने सोचलाई आम जनताको सामु छर्लङ्ग बनाउन आम युवाहरु जुट्नु पर्छ । भोलीको नेपालमा रक्सौल, जोगबनी, टनकपुर, गौरीफेन्टा नाकाहुदै भारत पसेर रोजगारी खोज्नुपर्ने, २ ४ हजारको लागी युवाहरु ठेक्कामा दौडनपर्ने होईन शान्तिपुर्ण वातावरण मा आफ्नै मुलुकमा रोजगारीको अवस्था सृजनाहुने खालको संविधान लेखिनुपर्छ । सम्पुर्ण आदिवासी जनजाती, पिछडिएका बर्ग, महिला, दलित, मुस्लिम सबैको हकलाई सुरक्षित हुने संविधान बन्नु पर्छ जहाँ स्वतन्त्रपुर्वक समतामुलक समाजमा सार्वभौम भई बाँच्न सकियोस । त्यो संविधान बन्दुकको छाँयामुनि लेखिनहुन्न त्यसैले संविधान निर्माण हुनु अघि बन्दुकको टुङ्गो लगाउनुपर्छ ।
यसका निमीत्त सम्पुर्ण युवाहरुले खबरदारी गर्नुपर्छ । युवाको अपारशक्तिलाई प्रयोग गरेर अझ सुव्यवस्थित ढंगले समाज र मुलुकलाई बदल्नुपर्छ ।

No comments:

Post a Comment