८ मार्च र नयाँ संविधान
मीना श्रेष्ठ
विश्वभर मनाइने ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई नारी दिवस भनेर पनि मानिन्छ । विभिन्न दिवसमध्ये चर्चा, हल्ला–खल्ला, चर्का भाषणसहित मनाइने दिवसअन्तर्गत ८ मार्च पनि पर्दछ । ८ मार्चमा नारीहरुले विभिन्न कार्यक्रम गर्ने गरेका छन् । तर, ८ मार्च के ? किन ? कसले सुरुवात गर्यो भन्नेबारेमा आम नेपाली दिदीबहिनीलाई थाहा भएजस्तो लाग्दैन ।
जर्मनी महिला नेतृ क्लारा जेट्किनले श्रमिक महिलाहरुको हक–अधिकारको आवाज बुलन्द गरेको दिन हो ८ मार्च । यो वर्ष १ सय १ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस परेको छ । र्याली, अन्तत्र्रिmयामा, गोष्ठी र भाषणहरुमा महिला अधिकारका आवाजहरु चर्का स्वरमा थर्किने गर्छन् तर महिला अधिकार मानव अधिकार नै हो भन्ने अनुभूति हुन सकेको छैन ।
नेपाली महिलाहरुले अझै पनि झुमा, देउकी, कुमारी प्रथाबाट शोषित हुनुपरेको छ । दाइजो÷तिलक प्रथाबाट जिउँदै जल्नुपर्ने अवस्था छ । बोक्सीको आरोपमा मलमूत्र खुवाइने क्रम पनि रोकिएको छैन । बलात्कृतहरु न्यायको भीख माग्दै हिँडिरहेका छन् । महिनाबारी हुँदा छोइछिटो गरिने हिंसाजनित छाउपडी कुप्रथा जारी नै छ । विधवा÷एकल महिला भएका कारण निरस र यातनापूर्ण जीवन बिताउनुपर्ने बाध्यता कम हुन सकेको छैन । सरकारले विधवा/एकल महिला विवाहलाई प्रोत्साहन दिन त खोज्यो तर यो कार्यक्रमलाई पैसासँग जीवन दाँज्न खोजियो भनेर चौतर्फी विरोधका लेख, रचना, टिप्पणीहरु प्रशस्त निस्किए । सरकारले ल्याएको प्रोत्साहनको कार्यक्रमलाई मन, मष्तिष्क र व्यवहारबाट आत्मासात गर्नुपर्छ ।
एकल महिलाको विवाहलाई अझै पनि खराब दृष्टिकोणले हेरिन्छ । पुरुषले १० वटीलाई श्रीमतीको रुपमा ठाउँ–ठाउँमा राखेर मन राख्दै हिंडेपनि पुरुष भने सधैं शुद्ध, पवित्र र चोखो मानिन्छ । एउटा पुरुषले मोटरसाइकलमा पालैपालो धेरैवटीलाई घुमाउन लगे पनि त्यो पुरुषको कुनै चासो हुन्न तर एउटी महिला जहाँ हिंडे, जता गए जोसँग बोले पनि खराब आचरणको दृष्टिकोणले हेरिन्छ । नेपालमा पटक–पटक राजनीतिक परिवर्तन भइसकेको छ । जहानियाँ राणाशासन, पञ्चायती व्यवस्था, प्रजातान्त्रिक व्यवस्था र अहिले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा पनि महिला भएकै कारण नारीले मानसिक तथा शारीरिक यातना भोग्नु परिरहेको छ ।
विभिन्नखाले विभेदको अन्त्यका लागि १९१० देखि मनाइँदै आएको यो दिवस फेरि पनि विभिन्न महिलावादी संघसंस्था र राजनीतिक दलबाट भव्यताका साथ हुने तयारी भइरहेको छ । र, आपूmलाई नेतृत्वदायी भूमिकामा रहेको ठान्नेहरु जहाँ जुन ठाउँमा भएपनि नेतृत्व गर्नैपर्ने व्यक्तिहरु पनि चर्का–चर्का स्वरमा आपूm महिला अधिकारका निम्ति सधैं लडिरहने प्रतिबद्धता व्यक्त गर्छन् । हामीकहाँ अधिकार र चेतनामूलक कार्यक्रमहरु अभैmपनि सहरकेन्द्रित हुने गर्छन् ।
समाज पितृसत्तात्मक चिन्तनबाट ओतप्रोत भएको कारण महिलाले समानताको अनुभूति गर्न पाइरहेका छैनन् । महिलाहरु धैर्य गर्नैपर्ने सहनशीला, सु्शीला हुनैपर्ने शिक्षा घरभित्रैबाट दिइन्छ । महिलामाथि शोषण–दमनको सुरुवात जन्मेको घरबाट सुरु हुने गर्छ । गर्भ रहँदादेखि नै परिवारबाट छोरो जन्मियोस् भन्ने आशा र कल्पना गरिन्छ । गर्भमा छोरी रहेको जानकारी भए उ नजन्मँदै हत्या गरिन्छ । मुलुक गणतन्त्रात्मक बने पनि चेतनास्तर भने १६ शताब्दीमा नै अड्किरहेको पाइन्छ । नारी–पुरुष बराबर, एउटा सिक्काको दुईटा पाटा, एक रथका दुइटा पाङ्ग्रा आदि–इत्यादि भने पनि व्यवहारमा उतार्न सकिएको छैन । भनाइ र भोगाइमा आकास र जमिनको फरक पाइन्छ । हाम्रो मुलुकमा पटक–पटक संविधान बने, कानुन बने तर विधान र कानुनको कुन दफामा महिलामाथि शोषण गर्नुपर्छ, अन्याय गर्नुपर्छ भनेर लेखेको छ र ? तर पनि महिलामाथि सामाजिक, साँस्कृतिक शोषण भइरहेको छ । विभिन्न सँस्कृति, परम्पराको नाममा मनोग्रन्थको आधारमा अझैपनि शोषण भइरहेको छ । पुरुषलाई पति परमेश्वर मान्ने प्रथा अझै जीवितै छ ।
हाम्रो समाजमा पुरुष चिन्तन त व्याप्त छ नै संघसंस्था, राजनैतिक दल आदिमा पनि जरो गाडेर बसेकै छ । आधा आकास ओगटेका महिलालाई हरेक दलभित्र ३३ प्रतिशत सहभागी गराइने भनिए पनि पूरा हुन सकेको छैन । जब पार्टीका भुइँ तहमा नै ३३ प्रतिशत महिला छैनन् भने एकैचोटी पार्टीको जिल्ला कमिटी, अञ्चल कमिटी र केन्द्रमा खोजेर कहाँ पाइन्छ ? यसको निम्ति एउटा पुरुषलाई भुइँतहमा संगठित सदस्यता दिँदा एउटी महिलालाई पनि दिइनुपर्छ अनि मात्र ३३ प्रतिशतको सिंढी चढेर ५० प्रतिशत अर्थात् समान सहभागिताको ढोकामा पुग्न सकिन्छ । पार्टी कमिटीभित्र महिलालाई मुख्य जिम्मेवारी दिन कञ्जुस्याइँ गरिन्छ । महिलाको योग्यता र क्षमतामाथि शङ्का गरिन्छ, ‘हो र यिनले पनि सक्छिन् र ?’ भन्नेखालका टिका–टिप्पणी गरेर दिन खोजिन्न । महिला र पुरुष बराबर हुन्छन् भन्ने उदाहरण हामीकहाँ प्रशस्त देखिन्छन् । महिलाहरु छमछम पाउजु बजाएर परेड खेलेका पाउ, भात पकाउन तल्लिन हातहरु बन्दुक समाउन, हवाइजहाज उडाउन, टेम्पोमा यात्री मात्र नबनी यात्रुलाई गन्तव्यमा पुर्याउन, मोटरसाइकल पछाडि मात्र नबसी आपैंm दौडाएर हिँडिरहेका उदाहरण प्रशस्त देख्न पाइन्छन् । तर सहरका महिला जति चेतनशील, क्षमतावान्, दक्ष हुन सकेका छन्, गाउँका महिलालाई पनि बनाउन सक्नुपर्छ । जति सुविधा सहरमा गर्भवती हुने महिलाले उपभोग गरेका हुन्छन्, त्यति नै सुविधा गाउँमा कोदो रोप्दारोप्दै बच्चा जन्माएर भारीसँगै बच्चा च्यापेर घर फर्कने महिलाले पनि पाउनुपर्छ । अधिकारबाट आम आदिवासी जनजाति, दलित, मधेशी महिला वञ्चित हुनुहुँदैन । जबसम्म मुलुकबाट पितृसत्तात्मक चिन्तनको जरो उखेलेर फाल्न सकिँदैन, तबसम्म ८ मार्च कार्यक्रममा मात्र सीमित हुन्छ ।
हामीकहाँ पितृसत्तात्मक चिन्तनको जरो उखेल्ने क्रममा पुरुषहरुको खुबै सत्तोसराप र विरोध गर्ने चलन चलिआएको छ । कतिपय ठाउँमा पुरुषहरु पनि हिंसामा परेका घटना सुन्न पाइन्छ । युगौंदेखि पितृसत्तात्मक चिन्तन हावी भएर पिल्सिएका महिलाको मात्र चर्चा गरिन्छ । पुरुषहरु मात्रै महिलाका उन्नति–प्रगतिका बाधक होइनन् । पुरुष चिन्तन बोकेका महिला जसले पुरुषलाई अलौकिक होइन प्रत्यक्ष देउताको रुपमा पुज्ने महिलाहरु पनि महिलाकै बाधक हुन् । अहिले हामीकहाँ महिलावादी सोच बोकेका पुरुषहरु पनि छन् भने पितृसत्तात्मक सोच भएका महिलाहरु पनि छन् । त्यसैले पितृसत्तात्मक चिन्तन अन्त्यको आवश्यक छ । यसका लागि तोकिएकै समयमा संविधान लेखिनुपर्छ । यसपटकको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात् ८ मार्च नयाँ संविधान निर्माणमा केन्द्रित हुनुपर्छ । अब बन्ने संविधानमा महिलाका हक–अधिकारलाई सुनिश्चित गराउनेतर्पm लक्ष्यित हुनुपर्छ । संविधानसभामा रहेका १ सय ९६ महिला सभासद्ले आप्mनै दिदीबहिनीले भोग्नु परिरहेको यावत् समस्याहरु पुनः भोग्नु नपर्ने गरी संविधान अधिकार र व्यवस्था लेख्नुपर्नेछ । नयाँ संविधानमा हुँदाखाने र हुनेखाने दुवै वर्गका महिलालाई समान हक–अधिकार हुनुपर्छ, जसका लागि पार्टीको ह्वीपभन्दा पर बस्नुपरे पनि तयार हुनुपर्छ । पहिले महिला अनि पार्टीको जिम्मेवार सदस्यको रुपमा आपूmलाई उभ्याए मात्र साँच्चैको नयाँ नेपालको मुक्त आकाशमा महिलाहरु समान सहभागितामूलकरुपमा रहनेछन् । नत्र पुरानै पुरुष चिन्तन बोकेको पुरानै ढाँचा हुनेछ । जहाँ महिलाहरु युगौंदेखि शोषित–पीडित भइरहेका थिए । नयाँ नेपाल भनाइमा मात्र होइन सोच, चिन्तन, नीति नियम, मन–मष्तिष्क र सम्पूर्ण व्यवहारमा र भोगाइमा देखिनुपर्छ । अनि मात्र नयाँ नेपालको सार्थकता हुनेछ ।
No comments:
Post a Comment