छाउपडी प्रथा र महिलाको बाँच्ने अधिकार
मिना श्रेष्ठ / युग एक्काईसौं शताब्दीमा प्रवेश गरिसकेको छ । नयाँ संविधान बन्ने तयारीमा छ । मुलुक गणतन्त्रमय भइसकेको छ तर महिला अधिकारभित्र मानव अधिकारले छुन नसकेको स्थिति छ । अझै पनि युगौंदेखि मानिआएको छाउपडी प्रथा जीवितै छ । मुलुकले पछि पारेको क्षेत्र ठानिने सुदूर पश्चिममा महिला भएकै कारण भोग्नुपर्ने पीडाहरु धेरै छन् । महिलालाई मानवको रुपमा नहेर्ने अवस्था पनि छ अधिकारका कुरा त टाढा नै रहन्छन् । प्राकृतिकरुपमा महिलाको महिनाबारी हुँदा सुदूर पश्चिममा छुन नहुने घरमा बस्न नहुने भन्ने चलनको जरो अझै उखेलिएको छैन । महिनाबारी भएको दिनदेखि पाँच दिनसम्म पानीको ट्युबवेल पनि छुन दिइँदैन घरभित्र राख्नुको साटो छाउपडीमा बसाइन्छ ।
महिनाबारी भएको बेला महिलालाई छिर्ने र निस्कने ढोकामात्र भएको साँघुरो ओडारजस्तो कोठा छाउपडीमा बसाउने चलन छ । ुछुईु भएको बेलामा बस्ने भएकोले यसलाई छाउपडी भनिन्छ । महिनाबारी अर्थात् छुई भएको समय महिलाहरुको निमित्त एकदमै कष्टकर समय बन्छ सुदूर पश्चिमका महिलाहरुका लािग । छाउपडी घरदेखि अलग्गै हुन्छ । छाउपडीमा बसेको बेला सर्पले डसेर बाघले खाएर महिलाको मृत्यु भएका खबरहरु खबरमै सीमित हुने गरेका छन् । केहि समयअगाडि डोटीको मुढे गाउँकी १५ वर्षीया रेखा दमाईको महिनाबारी हुँदा छाउपडीमा बसेकै बेला झाडाबान्ताले मृत्यु भएको थियो । एक घण्टाको दुरीमा रहेको स्वास्थ्य चौकी पुर्याउन नसकेर मृत्यु भएको थियो । रेखाको मृत्यु छाउपडी गोठ मै भएको थियो । छुई भएको कारणले छोरीलाई अस्पताल लैजान नसकेको रेखाकी आमाले बताएकी थिइन् । भर्खरै बझाङको सदरमुकाम रिठापाटा जोशी गाउँकी १८ वर्षीया दिव्यश्वरी जोशी महिनाबारी भएर तीन दिनदेखि छाउपडीमा बसेकी थिइन् र छाउपडीमै सर्पले डसेर उनको मृत्यु भयो । दिव्यश्वरी बसेको छाउपडी घरको तल्लो तलामा रहेको गोठलाई बनाइएको थियो जहाँ गाई र बाख्राहरु थिए ।
छुई भएको बेला गाईगोरुको फोहोर गोठमा वा एकान्तमा रहेको छाउपडी गोठमा बस्ने चलनले महिलाहरुले िहंसा सहनु परिरहेको छ । घरभित्र सुतेमा देवता रिसाएर अनिष्ट हुन्छ भन्ने मान्यता छँदैछ । यिनै कुप्रथाका कारण महिलाहरु महिला भएकै कारण मर्न बाध्य छन् । यो एक्काईसौं शताब्दीको युगमा मान्छे चन्द्रमामा पुगेर फर्किसक्दा पनि हाम्रो मुलुकमा भने चन्द्रमालाई पूजा गर्ने संस्कार छँदैछ । महिलाहरुले महिला भएकै कारण मृत्यु सहनुपर्ने कुसंस्कारले हाम्रो समाज अझै ग्रस्त छ । सुदूर पश्चिममा अझै जीवित रहेको छाउपडी प्रथाले महिलाहरुको हत्या गरिरहेको छ । महिनाबारी हुने सामान्य जैविक प्रकि्रयालाई दण्डित गरेझैं कुप्रथाले मार्ने गरेको छ । अब त अति भो । यो छाउपडी प्रथाविरु¢ सम्पूर्ण तह र तप्काबाट छाउपडी प्रथाको विरोध गरिनुपर्छ । छाउपडीमा बस्ने चलनलाई निषेध गरिनुपर्छ । छाउपडीविरु¢ सम्पूर्ण राजनीतिक दल तिनका भगिनी संगठन र महिला अधिकारका लागि कि्रयाशील संघ-सस्थाहरुले चेतनामुलक कार्यक्रमका योजनाहरु बनाउनुपर्छ । महिला समानताका लागि चर्कने आवाजहरु अब छाउपडीविरु¢ पनि चर्कनुपर्छ ।
आपुूमै आत्मकेन्द्रित भएर हिँड्ने नेतृहरुको लक्ष्य छाउपडी प्रथाको अन्त्यतिर पनि पुग्नुपर्छ । छाउपडीभित्र रेखा र दिव्यश्वरीको मृत्युले काचनपुरदेखि काँकडभिट्टासम्मका काँकडभिट्टादेखि विराटनगरको रानीसम्मका महिलाहरुलाई दुख्नुपर्छ र महिनाबारी हुँदा गोठमा बसेर आपुूले पीडा पाएको कल्पना गर्नुपर्छ कति गाह्रो होला भनेर । यो छाउपडी प्रथाको विरु¢ सम्पूर्ण पुरुषहरु पनि आ-आफ्नो क्षेत्रबाट लाग्नुपर्ने आवश्यकता भएको छ । महिलालाई मानव भएर बाँच्न दिनका लागि समतामुलक समाजमा लैंगिक विभेदको अन्त्य गर्न महिलाको हरेक क्षेत्रमा ३३ प्रतिशतको कुरा मात्र हैन ३३ प्रतिशतलाई टेकेर ५० प्रतिशत अर्थात् समान सहभागिताको कुरा संविधानसभामा पनि उठ्नुपर्छ । अब बन्ने संविधानमा संविधानसभामा रहेका १ सय ९८ महिला सभासद्ले छाउपडी प्रथालाई मान्न नपाइने संविधानको धारामा नै किटानीका साथ उल्लेख गराउनुपर्छ अनि मात्र भनिने गरेको नयाँ नेपालमा महिलाहरु खुल्ला आकाशमा स्वतन्त्रतापूर्वक बाँच्न पाउनेछन् । नत्र पुरानै कुसंस्कारलाई च्याप्दै प्रत्येकपटक महिनाबारी हुँदा अब यो छाउपडीभित्रै मर्छु कि भन्ने त्रास बोक्दै बाँच्न बाध्य हुनेछन् ।
No comments:
Post a Comment