महिलाहिंसाको एउटा पाटो
— मिना श्रेष्ठ
युगौ देखि पछि पारिएका महिलाहरु माथी राज्यवाट र समाजवाट विभिन्न खाले विभेदहरु हुने गरेका छन । कहिले संस्कृतिका नामवाट कहिले गरिव हुनुका कारणवाट कहिले महिला हुनुकै कारणवाट विभिन्न खाले विभेदवाट हिंसाको शिकार बन्न परिरहेको छ । कतै मानसिक यातना र कतै शारिरिक यातना भोग्दै मर्नु परिरहेको छ । यस्तै यातना र हिंसाको एउटा कारण वोक्सी आरोप पनि हो । वोक्सीले हेर्दै खेरि विरामी हुन्छ । भेदेर विरामी गराउँछन । राम्रा बच्चाहरु वोक्सीले देखे नजर लाग्छ । शरिरमा विशेष गरि तिघ्रामा निलो दाग बसे वोक्सीले चुसेको, वोक्सी हिडेको वाटोमा छायाँ लाग्छ, वोक्सीले हेरे सेल पकाउन लागेको बिग्रिन्छ, गाई भैसीले दुध दिन्न भनेर अझै पनि गाँउघरमा भन्ने गरिन्छ । यी चिन्तनहरु आलै छन । यस्ता आरोपहरु अधिकांश गरिविको मार सहिरहेका अनुहार नराम्रो, दात नराम्रो भएका, श्रीमान मरेर एकल जीवन विताइरहेका महिलालाई लगाउने गरिन्छ । गरिव हुनु, दाँत अनुहार नराम्रो हुनु, एकल हुनु कुनै पनि महिलाको रहर हुन्न । त्यो वाध्यता हो, तर हाम्रो समाजभित्र नराम्रो र दुखी हुनुलाई सहानुभुति होइन, अझै हिंसा हुने ढङ्गले हेरिन्छ र हिंसा गरिन्छ ।
केहि महिना अघि पर्सा जिल्लाको बेला वाघवन्ना गाविस ३ कि पचास वर्षिया एकल महिला बुधिया देवी माझीलाई बोक्सीको आरोपमा चरम शाररिक यातना दिएपछि उनि आफ्नो गाउँवाट विस्थापित भएकी थिइन । छिमेकी गोगनी देवी माझीको उक्साहटमा झाव्रmी लालमति माझीले शाररिक यातना दिएपछि बुधिया देवी ज्यान जोगाउन छोराछोरी घरमै छाडेर भागेकी थिइन । छिमेकी गोगनी देवीको छोरी विरामी बनाएको भन्दै झाव्रmीको कामगर्ने लालमति देवीले बुधिया देवीको शरिरमा फलामको चिम्टा तताएर डामेकाले उनको शरिरभरि घाउ नै घाउ भएको थियो । पर्साकै मोडली गाविस कि ४५ वर्षिया राजपति देवी माथि वोक्सीको आरोप लगाउदै १२ घण्टाभित्र गाउँलेले गाउँ छोडन उर्दि जारी गरेको थियो । स्थानिय संघ संस्थाले गाउँलेको उक्त निर्णय विरुद्ध असहमति जनाएर रोकेका थिए । स्थानिय हरेन्द्र यादवकी बुहारीले आफ्नी सासुलाई राजपति देवीले टुनामुना गरेको आरोप लगाएपछि गाउँलेले धर्मनाथ यादवलाई पत्नि सहित गाउँ छाडन १२ घण्टे उर्दि जारी गरेका थिए । उर्दि जारी गर्नु अघि राजपति देवीको गर्भवति छोरीलाई लछारपछार गर्दै कुटपिट समेत गरेका थिए । गाउँ भेलामा गाउँ निकालाको निर्णय गर्न उक्त गाविसका पुर्व अध्यक्ष, पुर्व वडाध्यक्ष लगाएतको सक्रिय भुमिका रहेको थियो । ति मध्ये पुर्व गाविस अध्यक्षसङ्ग ६ वर्ष अघि देखि जग्गाको स्वामित्व सम्बन्धि अदालतमा राजपति देवीका पति धर्मनाथसङ्ग मुद्धा चलिरहेको थियो ।
त्यस्तै भरखरै सिन्धुली रानीचुरि ४ किर्ने खोलाका एकै घरमा देवरानी जेठानी २७ वर्षकी मधु कुमारी घिसिङ्ग र ३५ वर्षकी सोममाया घिसिङ्गलाई बोक्सीको आरोपमा स्थानियवासीले सिस्नो लगाएर मलमुत्र खुवाएका छन । वैठक छ भनेर स्थानिय हर्क बहादुर स्याङ्गतान र दिल बहादुर थिङ्गले डाकेपछि धामी भनिने जनक बहादुर थिङ्गको आदेशमा दुवै देवरानी जेठानीलाई कोठामा थुनेर उक्त दुव्र्यवहार गरिएको थियो । छिमेकी सेतीमाया स्याङ्गतानकी १० वर्षिया नातिनीको विरामी भएर कपाल झर्न थालेपछि धामी बोलाएर आशन राख्दा दुवै देवरानी जेठानीको नाम बकेपछि धामीको आदेशमा उक्त दुवर््यवहार गरिएको थियो । पिडितले जिल्ला प्रशासन कार्यालयमा कारवाहिका लागि उजुरी गरेका छन । बोक्सीकै आरोपमा सप्तरी मोहनपुर ५ कठौनाकी ६५ बर्षिया बदामी देवी भगतलाई छिमेकी लालु साह सोनारकी १० वर्षिय छोरीलाई बोक्सी लागेको भन्दै कुटपिट गरेका छन । ६५ बर्षिया बदामी देवीलाई तिन वर्ष अघि देखि विभिन्न बहानामा पटक पटक कुटेका थिए । छिमेकी लालु साह सोनार, शुसिल साह सोनार, ढोरन सदा र किसन चौधरीले बाँसको लाठीले निर्घात कुटेका थिए । त्यस्तै वैशाख १२ गते वाराको गोलागन्ज गाविस पर्सा टोल सतुवहिकी ४२ वर्षिय गौरी देवी साह तुरहिनलाई छिमेकीहरुले मरणासन्न हुने गरि कुटपिट गरि मलमुत्र समेत खुवाएका छन । केहि दिन अघि वाख्राको पाठो मकैवारीमा पसेको निहँुमा सामान्य झगडा भएपछि बोक्सिको आरोप लगाई सिम्रौनगढ बजारवाट तरकारी किनेर फर्कदै गरेकी गौरीदेवीलाई छिमेकीहरु मैनोद्धिन मिया, मोहरम्म मिया, मोनताज मिया, नवि आलम, सफि आलम, हारुन मिया र जमिला खातुनले समातेर घरमा लगि अमानविय यातना दिएका हुन । पुरानो र व्यक्तिगत रिसईवीका कारण गौरीदेवीलाई यस्तो अमानविय व्यवहार गरेका हुन । उनको हाल कलैया अस्पतालमा उपचार भैरहेको छ । त्यस्तै बैशाख १३ गते मङ्गलवार ताप्लेजुङ्ग चाँगे ३ कि ६१ ब्र्षिया मनमाया आङ्गवोहाङ्गलाई बोक्सी आरोपमा स्थानिय युवाहरुले निर्घात कुटपिट गरेका छन । उनको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
यसरी हुने गरेका हिंसाहरु अधिकांश गाउँँमा हुने गरेका सुन्न र पढन पाइन्छ । कँहि सोझा सिधा देखेर, कँहि एकल विधवा देखेर, कँहि व्यक्तिगत रिसईविका कारण महिलामाथि २१ औ शताब्दिको युगमा पनि बोक्सीको आरोपमा महिलामाथि क्रुर हिंसा हुने गरेका छन । महिलामाथि हुने गरेका यो हिंसालाई अन्त्यगर्न बोक्सी भन्ने कुरा नै हुँदैहुन्न भनेर चेतना जगाउन बोक्सीको आरोप लगाउने र हिंसागर्नेलाई कानुनमै किटेर कडाभन्दा कडा सजाय तोकिनु पर्दछ । गाउँ दुरदराजका महिलामाथि बोक्सीको आरोपमा सिस्नोले हानिदा, फलामको चिम्टा तताएर डामिदा आम महिला अधिकारकर्मी मानवअधिकारकर्मीलाई मनभित्र दुख्नु पर्दछ । नँया संविधान बनाउन लागेका महिला सभासद्लाई छुनुपर्दछ । संविधानका धारा उपधारामा यस्ता हिंसाजनक शब्दहरुलाई नै हटाइनु पर्दछ । नँया नेपालको नँया संविधानले हिंसा गर्नेलाई दण्डित गरिनु पर्दछ । महिला हिंसा मुक्त गाउँ समाज र मुलुक बनाउनु पर्दछ, अनिमात्र नँया नेपालको खुला आकाश र धर्तिमा हिंसामुक्त भएर महिलाले बाँच्न पाउनेछन ।
No comments:
Post a Comment