“अनेरास्ववियु अब”–मिना श्रेष्ठ
गौरवशाली इतिहास बोकेको अनेरास्ववियुको २० औं राष्ट्रिय सम्मेलन यहि असोज १५ देखि १८ सम्म जनकपुरमा हुन गैरहेको छ । अस्तिको अखिल संस्कृतिले मुलुकमा ठुलो भुमिका खेलेको छ, अखिलको गौरवशाली इतिहासमा थुप्रै उदाहरणिय कामहरु भएका छन् । अधिकांश बिद्यार्थिको प्यारो बनेको यो संगठन लाई प्रत्येक बिद्यार्थिबिच पु्याउन सक्नु पर्छ । बिद्यार्थिको इतिहासमा अध्यक्ष, सचिवालय, र सदस्य भनेर परिचय मात्रै गराउने भन्दा पनि मुलुकको वर्तमान परिस्थितिलाई अर्जुनदृष्टी गर्दै बिद्यार्थिका हक अधिकार संगै मुलुकको शान्ति प्रकृया र नयाँ संविधान तर्फ ध्यान केन्द्रित हुनु पर्छ । किताबको झोलासंगै पार्टी नेतृत्वको झोला बोक्ने भनेर बिद्यार्थि संगठन लाई आरोप लागिरहेको बेला मुलुकको अप्ठेरो परिस्थितिमा खबरदारी सहित हस्तक्षेप कार्यभुमिका पनि आवश्यक छ । अहिले शिक्षा सबैभन्दा नाफामुखी व्यापार बनेको छ । बाबुराम भट्टराई अर्थमन्त्री हुँदा शिक्षासेवा करको नाममा माओवादी सरकारले ५ प्रतिशत अतिरिक्त शुल्क बढाएर । त्यसको फाईदा उठाउँदै निजीक्षेत्रका शिक्षण संस्थाले ४० प्रतिशतसम्म शुल्क बढाए त्यसको विरोध औपचारिक मात्र भयो । जसले गर्दा अहिले तल्लोवर्गका जनताले आफ्नो छोराछोरी बिद्यालय भर्ना गर्न नसक्ने परिस्थिती निर्माण भएको छ । अनेरास्ववियुले यस तर्फ ध्यान केन्द्रित गर्नु पर्छ र शिक्षामा सर्वसाधारण जनताका छोराछोरीको पहुँच पु¥याउन पहल कदमी गर्नुपर्छ । आगामी नेतृत्वले प्राविधिक र सिपमुलक शिक्षालाई पहिलो प्राथमिकतामा राख्नु पर्छ । अहिलेको शिक्षा प्रणालीबाट उत्पादित जनशक्तिले अहिलेको चुनौतिलाई सामना गर्न सकेको छैन भने आगामी चुनौतीको सामना गर्ला भन्ने कल्पना गर्न सकिन्न । अहिले शैक्षिक बेरोजगारी बढ्नुको कारण शिक्षा पनि हो । यो शिक्ष पद्घतिले व्यक्तिलाई स्वरोजगार बनाउने कुनै ज्ञान र सीप दिदैन । अबको अखिल नेतृत्वले बिद्यार्थिलाई उद्यमशील बनाउने शिक्षानीतिको लागि राज्यलाई दवाव र सल्लाह दिन सक्नु पर्छ । हरेक संगठनमा ३३ प्रतिशत महिलाको कुरा उठिरहेकोबेला ५० प्रतिशत अर्थात समान सहभागिता गराउन सके झनै राम्रो हुन्छ । सम्मेलनबाट अब बन्ने अखिलको नेतृत्व हिजोको कार्यकाल झैँ १३ महिना सम्म बैठक नबस्ने होईन, संगठनलाई कसरी आम बिद्यार्थिको बिच पुग्न सकिन्छ भन्ने कार्ययोजना बनाएर आम बिद्यर्थिकोविचमा जिवन्त सम्पर्कमा रहनु पर्छ ।अखिलको राष्ट्रिय सम्मेलनको चर्चा चलिरहँदा हाम्रो मुलुकमा थप्पड बजार्ने महिलाहरुको सूचीपनि चर्चामा सुन्न पाईन्छ । सहायक मन्त्रि चन्दा चौधरीले आफु चढ्ने गाडी राम्रो भएन भनेर गाडीलाई थप्पड बजारिन् । राज्य मन्त्रि करिमा बेगमले पनि जिल्ला जाँदा सिडिओले राम्रो गाडी नदिएको कारण सिडिओको गालामा थप्पड बजारिन् । यहि थप्पड बजार्ने क्रममा अखिलकी अध्यक्ष झाँक्रीले पनि आफ्नै केन्द्रिय सदस्य सन्तोष प्रकाश जोशीलाई सिटिभिटिको विवादलाई ध्यानाकर्षण गराउदा थप्पड बजारेकी छन् । अखिलको अबको नेतृत्वले आफ्ना सदस्यहरुका कुराहरु नसुनि थप्पड बजार्न हुने झाँक्री नेतृत्वको कार्यकालमा सोहि निर्वाचनमा अनेरास्ववियुकै दुइवटा प्यानल बनेको थियो । झाँक्रीको संस्थापन भनिने प्यानलको उमेद्वारले झन्डै ४०० मत ल्याएका थिए भने अखिलकै अर्काे प्यानलका तुलसी मैनालीले १६०० भन्दा बढी मत ल्याएर विजयी भएका थिए । मुलुक संविधान निर्माण र शान्ति प्रकृयाबाट ओझेलमा परिरहेको बेला अबको अखिल नेतृत्वले शान्ति प्रकृया र नयाँ संविधान निर्माणकालागि संविधानसभा र प्रमुख दलहरुप्रति हस्तक्षेपकारी भुमिका पनि हुनुपर्छ । आफ्नै मातृपार्टी भित्र गुटगर्न हुन्छ र हुन्नको नाममा विभिन्न गुट र उपगुटका खेलको अन्त्य गर्नुपर्छ । एकताको महाधिवेशन र एकताको बैठक भन्ने अनि एकअर्काको आलोचना गर्दैृ हिँड्ने पार्टि नेतृत्वलाई पनि गलत बाटो हिँडेको देखायनु पर्छ । आफै मातृपार्टिभित्र माओवादी प्रवक्ताको रुपमा रहेका क. बामदेवका पछि लागेर हिँड्ने अखिल होईन नेकपा एमालेको आफ्नो अनेरास्ववियु बन्नु पर्छ, नेकपा एमालेको भरसीलो दरिलो खम्बा बन्नु पर्छ । संञ्चार माध्यममा मात्र होईन संगठन सुदृढिकरणका लागि र आम बिद्यार्थि हक हितका साथै सामुदायिक मुद्दाहरुमा पनि केन्द्रित हुनुपर्छ । यि सबै कुराहरुको सम्बोधन कस्ले गर्न सक्छ ? कस्ले नेतृत्व गर्न सक्छ ? अनेरास्ववियुका आम सार्वभौम प्रतिनिधीले गहन ढंगले सोच्नु पर्छ । अनेरास्ववियुको लागि यो २० औं राष्ट्रिय सम्मेलन अग्नि परीक्षा बन्दैछ । दुइवटा प्यानल भएर चुनावी मैदानमा गइरहेको छ । बिद्यार्थिका सबै कुुराको सम्बोधन जबजवादी अनेरास्ववियुका अध्यक्षका उमेद्वार माधव ढुङ्गेल माहासचिवका उमेद्वार किशोर विक्रम मल्लका प्यानलले मात्र गर्न सक्छन् । अतः अनेरास्ववियुको इतिहासमा नाम लेखाउन मात्र होईन सफलतापुर्वक सक्षम नेतृत्वदायी भुमिका खेल्दै आम बिद्यार्थिको अनेरास्ववियु बनाउन सफल हुन पर्छ ।
No comments:
Post a Comment