About Me

My photo
jinagi kada ghari bich ko ful ho ... jo kada bich fuln saknu paarchha...

Thursday, November 24, 2011

Dikendra Rajbansi atmahatya le ubjayeko prasnaharu. published by Blast daily at April 31 by Meena Shrestha on Monday, May 3, 2010 at 11:49am


डिकेन्द्र राजवंशी आत्महत्याले उब्जाएका प्रश्नहरु
–मिना श्रेष्ठ
नेकपा एमाले, जिल्लाकमिटि,सुनसरी तथा युवा इन्चार्ज

भरखरै नेकपा एमालेले आफ्नो स्थापना भएको ६१औं बर्ष पुगेको स्थपना दिवस मुलुकभर भव्यरुपमा सम्पन्न गरेकोछ । २००६ सालमा स्थापना भएको नेकपा एमाले विभिन्न आरोह अवरोह पार गर्दै अहिले फेरि मुलुकको सत्तासिन पार्टी भएकोछ । २००६ साल देखि अहिले सम्म आइपुुग्दा आफ्नो अनेकौ सर्घषसिल क्रान्तिकारी योद्धाहरुलाई गुमाएको छ । कतै तानाशाहका नाममा, कतै जनयुद्धका नाममा, देश र जनता अनि पार्टीमा क्रियासिल भएका कारण मृत्युवरण गरेका छन । मनमोहन अधिकारीको नेतृत्वमा गएको ९ महिने सरकारले निकै ख्याति पायो तर संविधानसभाको निर्वाचनमा तेस्रो स्थानमा रहन बाध्य भयो । पुनः अहिले सरकारको नेतृत्व गरिरहेको छ । हालको यो अवस्थामा ०६७ साल बैसाख ४ गते झापाका डिकेन्द्र राजवंशीले पार्टी मुख्यालय बल्खुको आँगनमा आफुलाइ अन्त्य गरे । आफ्नो उर्जासिल जीवन मात्र होइन । सम्पुर्ण जीवन पार्टीमा सर्मपित गरेका राजवंशीले जीवनलाई आत्महत्या मार्फत त्याग गरे । पार्टी जीवनमा अनेकौ हण्डर भोगेपनि कहिल्यै विचलित नभएका राजवंशीको आत्महत्याको कारण केवल छोरालाई रोजगार दिन नसक्नु थियो । आफनै पार्टी सत्तासिन भएका बेला आफ्नो छोरोलाइ जागिर लगाउनु खोज्नु राजवंशीको कुनै अपराधिक चाहना थिएन । पार्टीको भुमिगतकालिन अप्ठ्यारो अवस्थामा संगठनमा सगै काम गरेका र मन्त्रि समेत भएका साथीहरुलाइ लौ न मेरो छोरालाइ काम लगाइदिन परयो, घरखर्च चलाउन गाह्रो भयो, भन्नु अप्ठ्यारो कुरा थिएन । तर धेरै पहल गर्दापनि असफल ठानेपछि आफूलाइ निरास ठानेर विचलित भइ आफ्नो सम्पुर्ण जीवन पार्टीका लागि खर्चेका राजवंशीले जीवन योग्यता र क्षमताको कदरलाइ आफुले मन्दिर ठानेर पुज्ने गरेको पार्टीको मुख्यालय कै आगनमा देहत्याग गरे । यो घटनाले नेकपा एमालेका लागि धेरै प्रश्न चिन्हहरु उब्जाएको छ । अहिले कमरेड यसो गरौ न भनेर योजना राख्दा डिकेन्द्र बन्नु छ र ? भन्ने प्रश्न चिन्ह तेर्सिन थालेका छन वास्तव मै आफनो उर्जासिल जीवन, परिवार, पेशा, व्यवशाय भन्दा पार्टी कामलाइ महत्व दिएर सर्मपित भए पनि अन्तमा आत्महत्याको बाटो छान्नुपर्छ भने किन....??? भनेर आफनो सर्मपण भाव र विचार प्रति पार्टीका लाखौ कार्यकर्ताले डिकेन्द्र राजवंशीका्े हत्याको कारण आफुसंग पनि खोज्न थालेका छन । आम कार्यकर्ताको यो मन भित्र उव्जेका प्रश्नलाइ पार्टीका सम्पुर्ण तह र तप्काका नेतृत्वले गम्भिर ढंगले विचार विमर्श गनुपर्ने सन्देश राजवंशी कमरेडले दिएका छन । राजवंशीको पिडा एउटा उदाहरण मात्र हो । यहा धेरै राजवंशी पात्रहरुले यो व्यथा भोगिरहेका छन । पार्टी भित्र गुटबन्दी रहेको अवस्थामा पार्टीको ८औ महाधिवेशन एकताको महाधिवेशन भनियता पनि एकता होइन ए, कता ? को महाधिवेशन बनेको थियो । गुटबन्दिलाइ तिनाउ नदीमा लगेर बगाउने भनिए पनि सायद तिनाउनदीमा पानी कम भएर होला गुटबन्दि बग्नै सकेन । पार्टी भित्र गुटबन्दि गर्ने ? गर्न हुदैन भन्ने नाउमा गुटबन्दि भइरहेको छ । कोहि गुटमा नभैकन मात्रै नेकपा एमाले भएकालाइ गुटमा लाग्न बाध्य पारिराख्या छ । आफनो अन्धभक्त नबनि अर्को गुट भनेर चर्चामा रहेका प्रभावशाली नेतृत्वको विचारको सर्मथन गरेकै आधारमा गल्तिको तिलको पहाड बनाएर आलोचित बनाइ कार्वाहि गरि विचलित बनाउन थालिन्छ भने कार्यकर्ता निरास बन्दैनन ? पार्टी संगठन भित्र कार्वाहीको पनि विभिन्न प्रक्रिया हुन्छ आफ्नो सर्मथन नगरेकै कारण उसको पृष्ठभुमी योग्यता क्षमता नहेरी कार्वाहीको अन्तिम प्रक्रिया थालिन्छ भने त्यो कार्यकर्ता कति विचलित बन्ला ? आफनो घर, परिवार, पेशा, व्यवशाय व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टी र जनसंगठनमा अहोरात्र खट्ने कार्यकर्तालाइ पुरस्कार होइन बैठक भेलामा दण्ड सजाय दिइन्छ भने कार्यकर्ताले आफनो जीवनको महत्व के देख्छन ? कार्वाही प्रक्रिया अनि त्यसमा पनि महिला कार्यकर्ता जसको जीवन पार्टी काममा क्रियासिल भएकै कारण वैवाहिक जीवन तहसनहस भएर एकल हुनुपर्ने अवस्था पछि एकल भएर पनि विभिन्न चुनौतिका पहाडसंगै संघर्षसिल जीवनलाइ अघि बडाउदै पार्टी कामको क्रियासिलतालाइ रतिभरपनि कम नगरि अघि बडदा खेदो गरेर अस्वस्थ प्रतिस्पर्धा गरि बदनाम गर्न खोजिन्छ भने ति कार्यकर्ताले के गर्छन ??? पार्टी र संगठन नै मेरो परिवार भनेर समर्पित भएकाहरुलाइ गलहत्याएर ढोका बाहिर निकालिदिदा त्यो कार्यकर्ताको भावनामा कति चोट लाग्छ ? यो घटनाले कार्यकर्ताको मनोभावलाई चोट पुरयाउनु हुन्न भन्ने सन्देश राजवंशी कमरेडले दिएर गएका छन । 
सर्वहारावर्ग र आम जनताको हितको लागि अहोरात्र खट्ने भन्दा नेतृत्वको नजिक हुनेलाइ बढी अवसर दिने प्रवृतिलाइ पार्टी पङ्तीको भुइतह सम्म पुगेर काम गर्नेहरुमा नैराश्यताको भाव देखिन्छ । नेतृत्वको नजिक र नातागोता हुनु नै योग्यताको कसीमा नापिन्छ भने नाता कुटुम्व नभएका र नेकपा एमालेको विचार सिद्धान्त जनताको बहुदलिय जनवादलाइ आत्मासात गरेका कार्यकर्ताको भावना माथि कुठाराघात हुदा को सम्वेदनसिल हुदैन र ? पार्टी भित्र कसैले कसैको विचारलाई सर्मथन गरेको आधारमा कसैलाइ तेजोबध र कसैलाइ अधोगत गरिनु हुन्न । पार्टी पङ्ती भित्र नेतृत्वमा रहेर अर्को पार्टीको वकालत गर्नेलाइ कार्वाही गर्न सक्नुपर्दछ । पार्टी कमिटि भित्र समान क्षमता भएकालाइ कसैलाइ कयौ जिम्मेवारीले थोपारिन्छ भने कसैलाइ जिम्मेवारी दिए क्षमता प्रर्दसन गर्ला की भनेर बञ्चित गरिन्छ । अझ पितृसत्तात्मक भावले ओतप्रोत भएको सामाजिक संरचना भित्र महिला कार्यकर्ता माथि महिलाले नै अस्वस्थ प्रतिस्पर्धा गरि चारित्रिक लाञ्चाना लगाएर प्रगति गर्छे की ? भनेर बाटोमा तगारो लगाउने बढेको छ । यस्ता संस्कार मौलाउदै गए कार्यकर्ताको सर्मपित भावमा चोट लागि आत्महत्या गरे अचम्मको कुरा नहुन सक्छ । 
पार्टी नेतृत्व सिंगो पार्टीका आम कार्यकर्ताको हुनुपर्दछ । लाखौ कार्यकर्ता र जनताको आस्था रहेको बिशाल पार्टी थोरै जमातको, आफना नाताकुटुम्बको घेरामा सिमित हुनुहुदैन । वैचारिक रुपमा रतिभर विचलित नभइ सतिसाल बनेर उभिए पनि मानसिक रुपमा निरास भइ आफुले भोगेका भोगाइमा आफुलाइ एकलो ठानी आत्महत्यालाई रोज्नुपर्ने स्थितीलाई सम्पुर्ण तह र तप्काबाट रोक्नुपर्छ तसर्थ पार्टी नेतृत्वले निरास भएर मृत्यु रोज्ने अन्धकार होइन उर्जासिल, क्षमतासिल, जविन जिउने वातावरण दिइनुपर्छ । अबका दिनमा नेकपा एमालेको मन्दिरको रुपमा रहेको मुख्य कार्यालय बल्खु जीवनलाइ पश्चातापमा परिणत गरि आत्महत्या गर्ने स्थल होइन जीवनको आशाको आभा छल्किने ठाउँ बन्नुपर्छ यानीकी फेरि अर्को डिकेन्द्र राजवंशी पात्र कोही बन्न नपरोस ।

No comments:

Post a Comment