About Me

My photo
jinagi kada ghari bich ko ful ho ... jo kada bich fuln saknu paarchha...

Thursday, November 24, 2011

Rajniti Bhitra Mahila Hinsa Published by Kantipur Daily@ Dec.6 By Meena Shrestha · Wednesday, December 8, 2010



राजनीतिभित्र महिला हिंसा                         
नोभेम्बर – २५ अर्थात मंसिर – १० देखि १६ दिन सम्म महिला हिंसाविरुद्धको अभियान भनेर अन्तराष्ट्रिय स्तरमा मनाईन्छ । यो दिवसको सुरुवात ल्याटिन अमेरिकाबाट भएको हो । यसपछि महिलाहरु के कस्ता हिंसाबाट पीडित रहेछन् भन्ने कुराको पहिचान हुन थालेको हो । यो दिवसको सन्दर्भ डोमिनिकल गणतन्त्रका एकै परिवारका ३ दिदीबहिनीको हत्यासँग जोडिएको छ । तीनै दिदीबहिनी राजनीतिक कार्यकर्ता थिए । सन् १९६० मा डोमिनिकल तानाशाही सरकारले उनीहरुको निर्मम हत्या गरेको थियो । जसलाई लिङ्गको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरुप मानिन्छ । मिरावल परिवारका यी ३ दिदीबहिनीको हत्या पक्राउ गरेर ११ महिना पछि नोभेम्बर २५ सन् १९६० मा गरिएको थियो । यी तिनै दिदीबहिनीको हत्यालाई महिलाविरुद्धको हिंसाको रुपमा लिइयो । यिनै दिदीबहिनीको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाउन थालियो । यो हत्याको प्रसंग विभिन्न मुलुक हँुदै संयक्तराष्ट्रसंघसम्म आईपुग्यो । सन् १९९९ मा राष्ट्रसंघको महासभाले नोभेम्बर २५ लाई विश्वभर महिला हिंसाका विरुद्धको दिवस मनाउने घोषणा ग¥यो । यो अभियानमा सेतो रिबन लगाएर महिला हिंसा गर्दिन भनेर प्रतिबद्धता जाहेर गर्ने गरिदै आएको छ र यसलाई सेतो रिबन अभियानको नामले पनि चिनिदै आएको छ । महिलाहरुमाथि सामाजिक, आर्थिक, सांस्कृतिक, राजनितीक सबैखाले हिंसा हुने गरेको पाईन्छ । महिलाहिंसाको विषय १६ दिने अभियानमा मात्र होईन, संधैभरि चर्चाको विषय बनाईनुपर्छ । महिला हिंसा कसरी अन्त्य गर्न सकिन्छ र कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने विषयको चर्चा तबसम्म भइरहनु पर्छ, जबसम्म यो समाजमा महिला समानताको व्यवहारले मान्यता पाउँदैन । नोभेम्बर २५, जुन ल्याटिन अमेरिकाका पुरुष जो चाहिँ महिला हिंसा विराधी थिए, उनीहरुले महिला हिंसा गर्दिन भनेर प्रतिबद्धता जाहेर गरेका थिए । हाल विश्वमा ५४ देशमा सेतो रिबनको अभियान चलेको छ । हाम्रो देशमा पनि महिला हिंसाविरुद्धको अभियानलाई महिलावादी संघ, संस्था र राजनितीक दलहरुले समेत मनाउन थालेको पाईन्छ । हाम्रो मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भईसक्दा पनि महिलाहरु दोस्रो नागरिक नै भएर बाँच्न बाध्य पारिएका छन् । महिला र पुरुषहरु समान हन् भन्ने नारा घन्किए पनि यथार्थ र व्यवहारमा समान हुन सकेको छैन । मानवाधिकारका विभिन्न महासन्घिमा राज्यले हस्ताक्षर गरे पनि मानवाधिकारको अनुभूति गर्न पाएका छैनन् महिलाहरुले ।महिलामाथि सामाजिक, आर्थिक र सांस्कृतिक सबै तबरले हिंसा हुने गरेको छ । यति हुँदाहँुदै पनि महिला अधिकार र महिला मुक्तिका आवाज उठ्ने राजनितीक क्षेत्रमा समेत महिला हिंसा हुँने गरेको पाईन्छ । महिला र पुरुष समान हुन् र समान हुनु पर्छ भनेर समाज र मुलुक परिवर्तन गर्न लागेको क्षेत्रमा महिलाहरु मानसिक रुपमा पिडित हुन्छन् । हाम्रो समाजको जडको रुपमा रहेको पितृसतात्मक सोच राजनितीक क्षेत्रमा जरो गाडेर बसेको छ । महिला भएर जन्मदै हुने गरेको हिंसाको अन्त्य गर्न लागेको ठाउँमा नै महिला हिंसा हुने गरेको सुन्दा अनौठो लाग्न सक्छ । सामाजिक रुपमा नै हुने हिंसा राजनितीक रुपमा सक्रिय महिलाहरुको चियोचर्चोबाट सुरु हुन्छ । त्यो महिला कता गई ? को को सँग बोली ? घरबाट कतिखेर निस्की ? र कतिखेर फर्किई ? भनेर छरछिमेकी र समाजमा चियोचर्चो गर्ने गरिन्छ । राजनीतिक सांगठनिक कामको व्यस्तताले अविवाहित रहेको उदाहरण पाईन्छ । राजनीतिमा सक्रिय रहेका महिलाहरुले आफ्नो जीवनको उर्जाकाल पार्टी संगठनमा व्यतित गरिरहेका भएपनि जीवनको उत्तरार्धमा उनीहरु एक्लो र उराठलाग्दो जीवन बिताउन बाध्य भएको उदाहरण पनि हाम्रो समाजभित्र देख्न सकिन्छ । के उनीहरुलाई यस्तो अवस्थामा राजनीतिक दलहरुले टेवा दिनु पर्दैन ? यस्तो अवस्थामा रहेका महिलाहरुलाई राजनीतिक दलहरुले नहेर्नु पनि महिला माथिको राजनीतिक हिंसा नै मान्नु पर्ने हुन्छ । कतिपय युवा महिलाहरु विवाहपश्चात राजनीतिक जीवन त्याग्ने गरेको पाईन्छ भने कतिपय युवा महिलाहरुको पारिवारिक जीवनमा कटुता आएको पाईन्छ भने कतै कटुता बढ्दै गएर सम्बन्धविच्छेद भएर एकल जीवन बिताउन बाध्य पारिने गरिन्छ । यस्तो अवस्थामा त्यस्तो महिलाहरुले मानसिक तनावको जीवन बिताउनुपर्दा उनीहरुको जीवन नै बोझिलो बन्ने गरेको पनि हाम्रो समाजमा प्रसस्त उदाहरणहरु विद्यमान छन् ।महिलाहरुलाई राज्यले र राजनीतिक दलहरुले ३३ प्रतिशत प्रतिनिधित्व सहभागिता भनिए पनि अधिकांश स्थानहरुमा अवसर नदिएको पनि प्रसस्त उदाहरणहरु छन् । महिलालाई दिएको जिम्मेवारीप्रति नै अविश्वासले हेर्ने गरिन्छ । उसको कार्यकाल पूरा नहुन्जेल जति नै सक्षम र योग्य भए पनि महिला भएकै कारण अविश्वासले हेरिन्छ र योग्यताको कदर गरिदैँन । अझ विशेष जिम्मेवारीको स्थानमा महिलालाई राख्न नपरोस् भनेर महिलाहरुलाई प्रमुख पदमा जिम्मेवारी नदिने दिईन्न । राजनीतिक दलहरुमा लामो समय महत्वपुर्ण जिम्मेवारी र भूमिका निर्वाह गरिसकेका महिला नेतृहरु नभएका होइनन्, जब राष्ट्रमा महिलाहश्रका लागि त्यस्तो अवसर पाउने अवस्थाको सिर्जना हुन्छ, त्यस्तो अवस्थामा विभिन्न बहानाबाजीको बखेडा सिर्जना गरेर महिलाहरुलाई पछि हटाउने प्रचलन अझै राजनीतिक दलहरुबाट हटेको छैन । उदाहरणको रुपमा संविधानसभा निर्वाचनपछि उपराष्ट्रपतिमा महिलालाई अवसर दिने धेरै कुरा भएर नेकपा एमालेका तर्फबाट महिलानत्री अष्टलक्ष्मी शाक्यलाई यो अवसर दिईने बेला पुरुष नै राखिएकाले पनि राजनीतिक क्षेत्रमा महिलामाथि अवसर नदिएर योग्यताको कदर गरिदैन र मानसिक रुपमा महिलाहरुलाई दबाउने गरिनछ भन्ने यो एउटा उदाहरण मान्नुपर्ने हुन्छ । हुन त हाम्रो समाजमा यस्ता धेरै उदाहरणहरु छन्, त्यो सबै भनेर साध्य पनि हुँदैन ।आफ्नो सामाजिक, आर्थिक र सांस्कृतिक समस्यासँग संघर्ष गर्दै राजनीतिक क्षेत्रमा सक्रिय महिलाहरुलाई समानता होईन मातहत भन्ने दृष्टि राखिन्छ । पुरुषको मातहतमा रहेर सांगठनिक काम गर्दा त्यहि व्यक्ति असल र पुरुष समान हैसियत भइसकेपछि त्यहि व्यक्तिप्रति गलत दृष्टिले हेर्न थालिन्छ । उसका कमी, कमजोरीहरु खोज्न थालिन्छ । कसरी आफुभन्दा तल भन्ने कुराको खोजी गर्न थालिन्छ । यो पनि राजनीतिक रुपमा हुने गरेको महिलाहिंसाको एउटा पाटो हो । महिलाको मातहतमा रहेर काम गर्नुपर्दा पुरुषले आफूलाई हेय ठान्ने गरेको पाईन्छ भने सांगठनिक कामहरुमा पुरुष नेता र महिला नेतालाई छुट्टाछुट्टै दृष्टिकोण राख्ने गरेको पाईन्छ । महिला र पुरुषबीचको यो असमानता अन्त्य नहुन्जेल महिलामाथि हिंसा भई नै रहन्छ ।महिलाहरु राजनीतिक क्षेत्रमा टिकिरहन नसक्नु महिला हिंसा पनि एउटा मूल कारण हो । महिला भएकै कारण हिंसायुक्त जीवन जिउनु पर्छ भन्ने मानसिकता हामीभित्र मेटिनुपर्छ । कोठाभित्रका प्रशिक्षण र भाषण समानताका हुने तर व्यवहारमा लागू नहुने होईन, समानताको सुरुवात गरिनुपर्छ । कम्युनिष्ट पार्टीभित्र सेतो रिबन लगाउने अर्थात महिलाप्रति हिंसा गर्दिन भन्नेको संख्या ठुलै छ तर सेतो रिबन पुरुषको पहिरनमा मात्र लगाएर पुग्दैन त्यसलाई सङ्कीर्ण विचारबाट नै उखेलेर फ्याँकेर व्यवहारमा नै उतार्न जरुरी छ र अझ महिलाहरुले पनि सेतो रिबन लगाउन जरुरी छ । महिलाले महिलामाथि गरिने हिंसा रोक्न सके महिलामाथि हुने आधा हिंसा त्यसै कम हुन्छ । हामीकहाँ महिलाले महिलालाई बढी चियोचर्चो गर्ने, आफ्नो प्रतिस्पर्धी ठानिएकालाई पछि पार्न चरित्रहत्यासमेत गर्ने गरेको पाईन्छ । कुनै ठूला कार्यक्रममा पुरुष नै प्रमुख अतिथि हुनुपर्छ भन्ने मान्यता राखिन्छ । सांगठनिक धारणहरु पुरुष इन्चार्जले राख्दा महत्वपुर्णरुपमा लिईन्छ भने महिलाको विचारलाई गौण ठानिन्छ । सञ्चार माध्यमले पनि जहाँ पुरुष नेताको उपस्थिति रहन्छ, त्यहाँ बढी चासो राखेको पाईन्छ र महिला नेतालाई कम प्राथमिकता दिने गरेको भेटिन्छ । महिला हिंसाको अन्त्य गर्नराजनीतिक हिंसा रोकिनुपर्छ । महिला हिंसा विरुद्धको आचाारसंहिता बनाईनु पर्छ । नैतिकता र मापदण्ड महिला र पुरुषका लागि बराबर हुनुपर्छ । पार्टीभित्र हुने प्रशिक्षणहरुमा महिला हिंसाको बिषयलाई पनि एउटा बिषय बनाउन जरुरी छ । नयाँ संविधान निर्माण नभई महिला हिंसा नियन्त्रण हुन सक्दैन तसर्थ नयाँ नेपालको खाका कोर्न नयाँ संविधान लेख्न संविधान सभासदमा पुगेका १९८ जना महिला सभासदहरुले महिलाले महिला भएकै कारण भोग्नुपर्ने हिंसाबाट मुक्त भई सम्मानित जीवन जिउन सक्ने संविधान लेख्नुपर्छ । महिलामाथि हिंसा गर्दिन भन्ने प्रतिवद्धता गरिनु पर्छ । महिला हिंसामुक्त राष्ट्र बनाउन सम्पुर्ण तह र तप्काको महत्वपुर्ण भूमिका हुनुपर्छ ।   

No comments:

Post a Comment