About Me

My photo
jinagi kada ghari bich ko ful ho ... jo kada bich fuln saknu paarchha...

Thursday, November 24, 2011

rajniti bhitra mahila hinsa published by Blast daily 2066 mangsir 25 by Meena Shrestha on Friday, January 1, 2010 at 5:22pm






राजनिति भित्र महिला हिंसा

मंसीर १० अर्थात नोभेम्बर २५ महिला हिंसा बिरुद्धको दिवस भनेर अन्र्तराष्ट्रिय स्तरमा मनाइन्छ । यो दिवसको शुरुवात ल्याटिन अमेरिकाबाट भएको हो । यो दिन सेतो रिवन लगाएर महिला प्रति हिंसा गर्दिन भनेर प्रतिबद्धता गरिने भएकोले सेतो रिवन अभियान पनि भन्ने गरिन्छ । यो दिवसको सन्र्दभ डोमिनिकल गणतन्त्रका एकै परिवारका ३ दिदी बहिनीको हत्यासंग जोडिएको छ । सन १९६० नोभेम्बर २५ मा पक्राउ गरेको ११ महिना पछि हत्या गरिएको थियो । यीनै ३ दिदी बहिनीको समझनामा बिभिन्न कार्यक्रम गरि मनाउन थालियो । यो हत्याको प्रसंग बिभिन्न मुलुक हुदै संयुक्त राष्ट्रसंघ सम्म आइपुग्यो । सन १९९९ मा राष्ट्रसंघको महासभाले नोभेम्बर २५ लाई बिश्वभर महिला हिंसाको बिरुद्धको दिवस मनाउने घोषणा गरयो । विगत केहि वर्ष देखि हाम्रो मुलुकमा पनि विभिन्न कार्यक्रम गरि महिलावादी संघ संस्था र राजनितिक दलहरुले समेत १६ दिने अभियान भनेर मनाउन थालिएको छ । यो वर्ष अझ सक्रियताका साथ मेची महाकाली अभियानका साथ सम्पन्न गरिएको थियो ।
महिलाहरु माथी सामाजिक, आर्थिक,सांस्कृतिक,राजनैतिक सबैखाले हिंसा हुने गरेको पाइन्छ । घर भित्र देखि घर बाहिर सम्म सबै खाले हिंसा भैरहेको पाइन्छ । नोभेम्बर २५ जुन दिन ल्याटिन अमेरिकाका पुरुषहरु जो महिला हिंसा बिरोधि थिए । उनीहरुले महिला प्रति हिंसा गर्दिन भनेर प्रतिबद्धता जाहेर गरेका थिए । हाल बिश्वका ७५ देशमा सेतो रिवन अभियान चलेको छ । हाम्रो देशमा पनि महिलावादी संघ संस्था र राजनितीक दलहरुले बिभिन्न कार्यक्रम गरि मनाउन थालिएको छ । हिंसा भनेर बिभिन्न खाले हिंसाको कुरा गर्दा अधिकार र मुक्तिको कुरा गरिने क्षेत्र भित्र हुने गरेका हिंसाहरु बाहिर आउने गरेको पाइन्न । बोलेर नै राजनिती गरिन्छ तर राजनिती भित्र हुने गरेका हिंसाको बारेमा बोल्न सकिन्न । हिंसाको बारेमा आवाज उठाए अनुसासनको कार्वाहीको बिषय बनाइन्छ । मुलुक लोकतान्त्रिक गणतान्त्रमयी भैसक्दा पनि राजनिती क्षेत्रमा महिलालाई समानता होइन मातहत ले प्रसय पाइरहेको छ ।पुरुषको मातहत रहेर काम गर्दा राम्रो हुने तर त्यही पुरुष सरह समान भैसके पछि महिलाका तिल जत्रो गल्तीलाई पहाड बनाएर आलोचनाको शिकार बनाएर चरित्र हत्या समेत गर्न पछि पारिन्न । आफ्ना व्यक्तिगत समस्याहरु संगको संघषलाई थाति राख्दै राजनैतिक क्षेत्रमा जति नै योग्य भएपनि योग्ताको कदर गरिन्न उसको कार्यकाल पुरा नहुन्जेल शंकाको दृष्टिले हेरिन्छ । मुलुकले धेरै फड्को मारीसकदा पनि हाम्रो चिन्तन अझैपनि पितृसतात्मक नै रहेको पाइन्छ । आवाज सुन्ने ठाँउमा महिला संख्या न्युन रहेको छ । अधिकांश पुरुष नै हुने गरेको छ । महिला नेतृत्वमा पनि पुरुष चिन्तनले ओतप्रोत भरिएको पाइन्छ । आफुसरहको महिलाले आफु भन्दा सक्षम देखेपछि स्वस्थ्य प्रतिस्पर्धा गर्न नसके महिलाको अधिकार महिलाले नै पनि हनन गर्ने गरेको पाइन्छ । उल्लेखनिय काम गर्दा पनि ओठ लेप्राउने, चियो गर्ने गरिन्छ । को संग कति बेर बोलि देखि लिएर कँहा गइ सम्मको चर्चा गरिन्छ ।महिलाहरुलाई पुरुष सहारा चाहिन्छ भन्ने मानसिकताले महिलाहरु हिंसा सहिरहन्छन । साच्ची कै पुरुष सहारा भएका महिलाहरु नै लामो समय सम्म टिकीरहेको र शक्तिशाली भएर रहेको पाइन्छ । पति, पिता, काका, दाइ भाइ सम्बन्धले आर्शिवाद पाएका महिलालाई भन्दा पुरुष ओझेल मै पारिन्छन । हरेक क्षेत्रमा एक तिहाइ महिला भनिएता पनि कुनै पार्टीको केन्द्रिय कमिटीमा महिलाहरु नभएको उदाहरण बिद्यमान छ । पार्टीको भुइतह मै ३३% पुरयाए मात्र, गाउ, नगर, क्षेत्र, जिल्ला हुदै ३३% महिला सहभागिता पुरयाउन सकिन्छ । ुमान सहभागिता पाइन्न । राजनिति भित्र षडयन्त्रको हिंसा हुन्छ । अहिले अमेरिका र भारत भन्दा संसदमा महिला प्रतिनिधित्व बढी छ । तर संख्या बढी भएर मात्र हुन्न । अवसरलाई चुनौतिको रुपमा सदुपयोग गर्नुपर्छ । हामी काहा कुरा गर्दा साथी भेटिनछ तर काम गर्दा एक्लो हुन्छ, ऐन मौकामा ुबैले साथ छाडि दिन्छन । दल भित्र गुटगत हिंसापनि मौलाएको पाइन्छ । एक गुटले अर्को गुटको महिलालाई खेदो गर्ने गरेको पाइन्छ । प्रभावशाली र समर्थनमा समुह तयार भए गुटबन्दि गरेको आरोपमा तीलको पहाड बनाएर सानातिना त्रुटिलाइ आलोचना गर्दै कार्बाही गरेर चरित्र हत्या समेत गर्दै पाखा लगाउन खोजिन्छ । एउटै गल्ती महिला र पुरुषले गरेको छ भने पुरुषलाई सफाइ दिइन्छ तर महिलालाई दोषि बनाइन्छ । यो पनि राजनिति भित्रको महिला हिंसाको चरम रुप हो । महिलाले मुलुकको लागि पार्टीको लागि के कति उपलब्धीमुलक काम गरी ? के कति त्याग गरि त्यो खाजिन्न । आफ्नै दल भित्रको नेतृत्वलाई समर्थन गर्दा गुटबन्दीको आरोप लगाएर पुरुषलाई कार्वाह ीगर्न नसकेर महिलालाइ कार्वाहीको प्रक्रियामा पुराइन्छ । यस्ता बिभिन्न खाले महिला हिंसाले सामाजिक बिकाशमा वाधा पुरयाउछ । मुलुकको निम्ती जुन भुमिका खेल्नुपर्ने हुन्छ त्यो भुमिका निभाउन पाउदैनन । राजनैतिक क्षेत्र भित्र महिलाहरु लाई अवसरको वाताव।ण बनाइनुपर्छ अनिमात्र समानताको समाज निर्माण गर्न सकिन्छ । राजनिती भित्रपनि आफुले भोगेका आइपरेका हिंसायुक्त व्यवहारलाई खुलेर भन्न सक्नुपर्छ । हिंसा गर्ने प्रमुख कारण पत्ता लगाउनुपर्छ । हजारौ बर्ष देखि लादिएको पुरुष चिन्तनबाट मुक्त हुनैपर्छ ।आग्रह पुर्वाग्रह छाडेर महिला हकहितको निम्ती एकजुट हुनपर्छ । सबैदल सम्पुर्ण क्षेत्रका महिलाहरु एक हुनैपर्छ, हातेमालो गरेर महिला बिरुद्धका सबै खाले हिंसाको जरो उखेल्नुपर्छ । जबसम्म राजनीति क्ष्ोत्रमा भइरहेको हिंसालाई अन्त गर्न सकिन्न । महिलाका हितलाई सामुहिक हित बनाउनुपर्छ ।
महिलाहरुले अवसरका लागि पर्खने होइन दिइनुपर्छ । महिलालाई पुरुषसरह आफ्नो क्षमता अनुसार राजनितिमा भाग लिन सक्नुपर्छ । यसका निम्ती सबै दल सबै क्षेत्रका महिलाहरु पार्टीगत स्वार्थ भन्दा उठी महिलाका मुद्दामा मोर्चाबन्दि हुनुपर्छ । सरकारले २०१० लाई महिला हिंसा बिरुद्धको बर्ष भनेर मनाउने तयारी गरेको छ । यो अत्यन्तै स्वागतयोग्य छ । महिला हिंसा र्दिन भनेर प्रतिबद्धता सहित सेतो रिवन लगाउने अभियान कतै कतै कार्यक्रम गर्दा आफ्नो झण्डा व्यानरमा सेतो रिवन लगाएर हामी महिला हिंसा गर्दैनौ भनेर अभिव्यक्ति दिने तर व्यवहारमा भने त्यही महिला हिंसा भैरहेको पाइन्छ । त्यसैले राजनैतिक क्षेत्रभित्र अझै सेतो रिवन आवश्यक तर सेतो रिवन झण्डा,व्यानर पुरुषले लगाएको पहिरनमा मात्र होइन मन र मस्तिष्कमा लगाउन सके राजनैतिक क्षेत्रका महिलाहरु माथी हुने गरेका हिंसाहरु केहिहद सम्म कम हुने गर्छन ।
बिश्वका ८० भन्दा बढी देशहरुमा महिला हिंसा हुने गर्छन र यसमा नेपाल पनि पर्दछ । यो सुचिबाट हटाउन राजनैतिक क्षेत्रमा हुने गरेका हिंसालाई अन्त गर्न सके मात्र अरु क्षेत्रका महिला हिंसालाई कम गर्न सकिन्छ । समाजमा वा राजनितिक दल वा बिभिन्न संस्थाहरुमा महिलाहरुले भोगि रहेका समस्याहरु हामी भित्रको पितृसतात्मक सोच कै उपज हो । जसको सम्बन्ध सामन्तवादी सामाजिक संरचना र संस्कृतिसंग रहेको हुन्छ । पितृसतात्मक सोच पुरुषहरु संग मात्र हुन्छ भन्ने होइन । यो महिलाहरुमा पनि हुन्छ ।महिलामुक्तिको लडाइ पुरुष विरोधि लडाइ होइन बरु महिलालाई हेर्ने गलत दृष्टिकोण र विद्यमान गलत संस्कार र अन्यायपुर्ण सामाजिक अवस्थाको विरुद्ध हो ।
महिलालाई हेर्ने गलत दृष्टिकोण बोकेका व्यक्ति चाहे महिला वा पुरुष दुवैसंग यसको सर्घष हुन्छ । तर महिलालाई हेर्ने वैज्ञानिक र न्यायपुर्ण दृष्टिकोण राख्ने पुरुष वा महिला दुवै यो आन्दोलन भित्र पर्दछन । समग्रमा महिला शक्तिको लडाइ हाम्रो समाजको अर्ध सामन्ती तथा अर्का औपनिवेश सामाजिक संरचना कै विरुद्धको लडाइ हो । अर्थात यो लडाइको निशाना कुनै व्यक्ति विशेष(पुरुष वा महिला) लाई बनाउने भन्दा पनि सिंगो राज्यसत्ता कै बिरुद्ध लक्षित हुनुपर्छ । तर यसो भनिरहदा हाम्रै आफ्नै घर, गाँउ, समाज भित्र हुने महिला भेदभावका घटनाको विरुद्ध संघर्ष नगर्ने भन्ने होइन । हामीले समाजका समस्याहरु संग जोडिएर संर्घषलाई उठाउने प्रयत्न गर्नैपर्छ ।नत्र नाम मात्रको आनदोलन हुनजान्छ । तर जनतामा व्याप्त गलत संस्कार विरुद्ध सांस्कृतिक रुपान्तरणको लडाइलाइ हामीले बल प्रयोगको माध्यमबाट होइन सचेतना तथा मित्रवत आलोचना तथा अनुरोधबाट नै अगाडी बढाउनुपर्छ । समाजमा नैतिकरुपले गिरेका अपराधिक मनोवृति भएका महिला विभेदकारी व्यक्तिहरुका बिरुद्ध भने जनस्तरबाट कडा कारवाही पनि गर्नेपर्छ । राजनितिक दल वा संस्था भित्र हुने हिंसालाई उक्त दल वा संख्या भित्र दृष्टान्त सहित सुत्रबद्ध गर्ने र दलका औपचारिक बैठक वा दस्तावेजहरुमा तिनीहरुलाई व्यवस्थित गरेर पारित गराउने र प्रतिबद्धता व्यक्त गर्न कदमबाट अगाडी बढाउदै त्यस्का बावजुद समसयाहरु देखिए तिनै दस्थावेज तथा प्रतिबद्धताका आधारमा गलत व्यक्तिलाइ कारवाही गर्नुपर्छ । यदि बैठक वा दस्तावेजहरुमा महिला समस्याहरु सुत्रबद्ध छैनन भने सर्वप्रथम तिनीहरुलाय सुत्रबद्ध गर्न सर्घष गर्नु पहिलो कदम हो ।

No comments:

Post a Comment