महिलाको तीज र वर्तमान परिस्थिित
-मीना श्रेष्ठ हिन्दू महिलाहरुले मनाउँदै आएको तीज पर्व हाम्रो घरदैलोमा फेरि आइपुगेको छ । यो पर्व कहिलेदेखि सुरु भयो भन्ने यथार्थ जानकारी नभेटिए पनि पौराणिक कथाअनुसार पार्वतीले शिवलाई पतिको रुपमा मानेर अन्न-जल नखाई उपवास बसेपछि शिवलाई प्राप्त गरेको भन्ने उल्लेखित छ । त्यही पौराणिक कथा अनुसरण गर्दै हिन्दू महिलाहरुले आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै निराहार व्रत बस्ने चलन चलिआएको पाइन्छ । माइतीबाट छोरी-चेलीलाई लिन जाने माइती घरमा आफ्नो गच्छेअनुसारको मिठो-मसिनो खाने खुवाउने र एक दिन भए पनि आराम गर्ने यो पर्व कतै व्रत बस्ने अघिल्लो दिन माइती घर पुगेर उज्यालो हनु अघिसम्म दरको रुपमा खीर ढकने चाम्रे इत्यादि खाने प्रचलन रहिआएको पाइन्छ । हिन्दू धर्मग्रन्थअनुसार पतिलाई परमेश्वरको रुपमा मान्नुपर्ने उल्लेख छ । अझ महिलालाई मानवको रुपमा नस्वीकानॆ्र मनुस्मृतिले महिलाले पतिभक्ति जयजयकार गर्नुपर्ने पतिलाई जवाफ फर्काउन नहुने सधैं पतिको अधिनमा रहनुपर्ने पतिको मृत्युपछि शृङ्गार गर्न नहुने मिठो पौष्टिक खाना खान नहुने उल्लेख गरेको पाइन्छ । तिनै धर्म ग्रन्थलाई पक्षपोषण गर्दै आएको हाम्रो संस्कृति र रीतिरिवाज पितृसत्तात्मक सामन्ती चिन्तनले जकडिएको छ । समाज परिवर्तनको क्रममा मातृ सत्तात्मक परिवारबाट पितृ सत्तात्मक परिवारमा पुग्दा पुरुषले महिलामाथि शासनको सुरुवातमा महिलालाई बन्दीको रुपमा हातखुट्टा बाँधेर राखेका नेलकडी र सिक्रीहरु अहिले गहनाका रुपमा प्रयोग भइरहेका छन् । यो वर्तमान अविवाहित युवा महिलाले असल पति प्राप्त गर्न शिवजीको पूजा-आरधना गरेर व्रत बस्छन् भने विवाहित महिलाहरुले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको कामनाका लागि व्रत बस्छन् । तर आजसम्म कहिल्यै पनि के सुनिएको छैन भने कुनै पुरुषले पत्नीको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर व्रत बस्ने गरेको होस् । बरु एउटी पत्नी घरमा हुँदा-हुँदै श्रीमतीहरु बटुल्दै हिँड्ने धेरैवटी श्रीमती राख्ने व्यभिचारी पुरुषहरु भेटिन्छन् । पत्नीले व्रत बस्दा आयु लम्बिने भए धेरैवटी पत्नीका पतिको आयु कति लामो हँुदो हो त्यसो त सबै पुरुष व्यभिचारी हुन्छन् भन्ने पनि होइन । हाम्रो समाजमा अधिकांश महिला िहंसाको कुरा उठ्ने गरेको पाइन्छ । महिलाले पुरुषमाथि पनि िहंसा गर्ने गरेको पाइन्छ । हिजोआज चित्त नबुझे पतिको गालामा थप्पड बजार्ने पत्नीहरु पनि पाइन्छन् तर तिनको चर्चा कतै गरिन्न । यस्तो चर्चा भएमा विचरा ती पुरुषहरु जोइटिङ्ग्रेको दर्जामा गनिन्छन् । हाम्रो समाजको हेराइमा महिला सधैं पोइटिङ्ग्री भएर सहनशिला सुशिला हँुदै पुरुषको हरेक यातनालाई सहँदै घर गरी खाने महिलालाई असल महिला ठानिन्छ । समाज बर्बर युगबाट सामन्ती युगमा रुपान्तरण भैसकेपछि महिलालाई अधिनस्थ राख्नको निम्ति नितान्त दासी र बच्चा जन्माउने साधनको रुपमा प्रयोग गर्न खोजिएको छ । यिनै पुरुष चिन्तनलाई सामन्तवादी पितृ सत्तात्मक समाजमा वैधता दिने चाड हो तीज । यो पर्व पुरुषको प्रभुत्वलाई संस्कारमा रुपान्तरण गर्ने जसरी पनि पतिबाहेक अरुलाई श्रेष्ठ नठान्ने पतिलाई पूजा गर्ने अलौकिक देवता होइन प्रत्यक्ष देवता मान्ने पुरुष प्रभुत्वको पूजा गर्ने परम्परागत चाड हो यो । हाम्रो समाज अझै पनि सामन्तवादी पितृ सत्तात्मक सोँचबाट ओतप्रोत छ । हामीभित्रै पितृ सत्तात्मक चिन्तन हावी छ । युगौंदेखि महिलालाई दासीको रुपमा प्रयोग गर्दै आएको पुरुष चिन्तन पुरुषमा मात्र होइन यो समाजको आधा हिस्सा महिलाभित्र पनि पाइन्छ । यो चिन्तनले साँस्कृतिक रीतिरिवाजमा मात्र नभई सामाजिक आर्थिक राजनैतिक हरेक पाटोमा छाएको पाइन्छ । समाज विकासको रुप आजको स्थितिमा आइपुग्दा हामीकहाँ दुई खाले पुरुष चिन्तन भेटिन्छन् । एकले ुतीजको व्रत बस्दा मेरो स्वास्थ्य राम्रो हुने होइन तिम्रै स्वास्थ्य चाहिँ बिग्रन्छ । त्यसैले व्रत नबस तिम्रो व्रतले मेरो आयु लम्बिने होइन तिम्रो आयु छोट्टिन सक्छ ।ु भन्छन् भने अर्का थरी पुरुष भने ुके गर्ने हाम्रो सँस्कृति हो चलिआएको परम्परा हो । गोडा धोएर पानी खाऊ भनेर गोडा तेस्र्याउँछन् । उनीहरुमा ुव्रतै नबसे पनि रातो साडी चाहिँ लाउनू हैु भन्ने चिन्तन पाइन्छ । व्रत बसेको दिन श्रीमान्ले साँझमा खाऊ नभनी खान नहुने श्रीमान् टाढा छ भने श्रीमान्ले फोनबाट खाऊ नभनेकोले भोकै बस्नु परेको गुनासो सुन्न पाइन्छ । हामीकहाँ सबै पुरुषहरु पितृ सत्तात्मक सोँचले ग्रस्त छन् भन्ने होइन । महिलावादी सोँच राख्ने महिला र पुरुष समान हो भन्ने सोँच राख्ने पुरुषहरु पनि पाइन्छन् । महिलाले महिलालाई िहंसा र दुव्र्यवहार गर्ने तीतो सत्य हामीसँग छँदैछ । सासू-बुहारी नन्द-भाउजूबीच न्यानोभन्दा चिसो सम्बन्ध एउटी महिलालाई विस्थापित गरेर सौता बन्ने अधिकांश अवस्थामा महिलाले नै महिलाको चियोचर्चा गरेको पाइन्छ । त्यसैले यस्ता प्रवृतिलाई हटाउन सामन्तवादी पितृ सत्तात्मक चिन्तनलाई हटाउन सामन्तवादको जरो कहाँ छ खोजी गरिनुपर्छ र उखेल्नुपर्छ । हिजोआज परम्परागतरुपमा हिन्दू महिलाहरुले महान् चाड भनेर मनाउँदै आइरहेको तीज तडकभडकसहित महिना दिन अघिदेखि मनाउन थालिएको छ । अझ राजधानीमा तीजमा दर खानका निम्ति चन्दा बटुल्ने चलन पनि सुरु भएको छ । ठाउँ-ठाउँमा तीज मेलाहरु सुरु भएका छन् । विभिन्न पार्टी प्यालेसमा दर खाने नाचगान गर्ने चलन भित्रिएको छ । पाँचतारे होटल डान्सबारमा तीजका भाकाहरु गुन्जिन थालेका छन् । तीजमा खाइने खीर चाम्रेहरु परिवर्तन भएर अन्य खाद्यपदार्थ पनि भेटिन थालेका छन् । धैरै गहना र रातो साडी तडकभडक जहाँ छ त्यहाँ मिडियाको पनि पहुँच पाइन्छ । प्रचार-प्रसार त्यहाँ पाइन्छ । सासू नन्द र आमाजूले दिएको दुःख-पीडा साटासाट गर्ने महान् चाड भन्दै आएको चाड आज कसको साडी कति महङ्गो कसको गहना कति भनेर प्रदर्शन गर्ने पर्वको रुपमा स्थापित हुँदै गएको पाइन्छ । यस्तो हैसियत प्रदर्शनले सम्पन्न परिवारमा त रमाइलै होला तर विपन्न पविारमा झैंझगडा र आत्महीनता बोध गराउन सक्छ । युगौंदेखि महान् पर्व भनेर हिन्दू महिलाहरुले मानिआएको तीज पर्वलाई पुरुष बर्चश्वको जयजयकार गर्ने दिन होइन महिला अधिकार सुनिश्चितताका लागि उद्घोष गर्ने दिन बनाउनुपर्छ । शोषित आवाजहरुलाई बुलन्द गर्नुपर्छ । विश्वको इतिहासमा परिवर्तन एकैचोटि भएको छैन । गुनासो र दुःखलाई गीत बनाएर गाउने परम्परालाई आमूल परिवर्तनको निमित्त सशक्तीकरण र आवाजहरु उठ्नु उठाउनुपर्छ । पितृ सत्तात्मक चिन्तनले भरिएको समाजकै चेतना परिवर्तन हुनुपर्छ महिला-पुरुषबीचको विभेद हटाई समान सहभागिता खोजिनुपर्छ । संविधानमा हक सुनिश्चित गराउनेतर्पु ध्यान केन्द्रित हुनुपर्छ । नारी मुक्तिको प्रश्न संस्कृतिसँगमात्र जोडिएको छैन । साँस्कृतिक संघर्षसँगै सामाजिक आर्थिक परिवर्तन पनि हुनुपर्छ । वर्गीय मुक्तिविना नारी मुक्ति सम्भव छैन भन्ने कुरालाई आत्मसात् गर्नुपर्छ अनिमात्र वास्तविक महिला मुक्तिको ढोका खुल्न सक्छ । युग पविर्तनका सम्वाहक युवा पिँढीले परम्परागत महान् पर्व भनेर मनाउँदै आएको तीज पर्वका नकारात्मक पक्षलाई परिवर्तन गर्नुपर्छ । आर्थिक हैसियत मापन गर्ने विकृतिको अन्त्य गर्दै महिला-पुरुष समान भन्ने कुरालाई उद्घोष गर्न तीजमा केही नखाई मनाउने पर्व बहिष्कार गर्न सक्नुपर्छ । दुई सयको फरिया फेर्न नपाएर माइत जान नपाउने र बीस हजारभन्दा बढी मूल्य पर्ने सितारा र जडीले भरिएको साडीमा रम्ने निम्न वर्ग र उच्च वर्गबीचको खाडल बढाउने प्रथाको अन्त्य गरिनुपर्छ ।
No comments:
Post a Comment